राजुनाथ निलम्बनमा परेपछि विष्णुप्रसाद बने नयाँ नगर प्रहरी प्रमुख | Khabarhub Khabarhub

राजुनाथ निलम्बनमा परेपछि विष्णुप्रसाद बने नयाँ नगर प्रहरी प्रमुख


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले नयाँ महानगर प्रहरी बल प्रमुखमा नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीलाई ल्याएको छ।

वर्तमान नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे मंगलबारदेखि लागू हुने गरी ६ महिनाका लागि निलम्बनमा परेसँगै जोशीलाई नगर प्रहरीको कमान्ड दिने निर्णय प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेका हुन् ।

जोशीले यसअघि विद्यासुन्दर शाक्य मेयर हुँदा पनि नगर प्रहरी प्रमुखको भूमिका निर्वाह गरिसकेका छन् । वरिष्ठ नगर प्रहरी उपरीक्षक पाण्डेलाई गत जेठ ६ गते गुरागाईंले एक साताको समय दिएर स्पष्टीकरण सोधेका थिए ।

त्यसपछि पाण्डेले जेठ १२ मा गुरागाईंसमक्ष स्पष्टीकरण बुझाए । सातबुँदे स्पष्टीकरणमा पाण्डेले मेयर बालेन्द्र साहको आदेश पालना गरेको बताएका थिए ।

२०८१ चैत २१ गते गुरागाईं काठमाडौं प्लाजास्थित कार्यालय प्रवेश गर्ने क्रममा पाण्डे नेतृत्वको नगरप्रहरी बलले रोक्ने प्रयास गरेको थियो ।

गुरागाईंलाई रोक्न नसकेपछि पाण्डे नेतृत्वको नगर प्रहरीले कार्यालयभित्रै महानगरका कर्मचारीहरूमाथि बल प्रयोगको कोसिस गरेको थियो । त्यसपछि गुरागाईंले पाण्डेलाई किन कारबाही नगर्ने भनेर जेठ ६ गते स्पष्टीकरण सोधेका थिए ।

नगरप्रहरी प्रमुख

काठमाडौं महानगरपालिकाले नगर प्रहरी प्रमुखमा राजुनाथ पाण्डेलाई २०८० असोज ३० मा बढुवा गरेको थियो । मेयरमा बालेन्द्र साह आइसेपछि पाण्डेले नगर प्रहरीको नेतृत्व पाएका थिए । तर उनी प्रमुख प्रशासकीय अधिकृतबाट भन्दा मेयरबाटै चल्ने गरेका थिए ।

पाण्डे ३० असोज २०८० को कार्यपालिका वैठकबाट नगर प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका थिए ।

त्यसबेला एक नम्बरमा पाण्डे, दुई नम्बरमा विष्णुप्रसाद जोशी र तीन नम्बरमा दिनेश अर्यालको नाम सिफारिस भएको थियो । कार्यसम्पादन मूल्यांकन र वरियताको आधारमा पाण्डे बढुवा भएका थिए । अहिले पाण्डे निलम्बनमा परेपछि त्यसबेला बढुवाका लागि २ नम्बरमा सिफारिस जोशीको हातमा नेतृत्व पुगेको हो ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ५ : ०० बजे

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

मध्यविन्दु– नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दुम्कीवासमा बनाइएको डाइभर्सन बाढीले

‘इन्टिग्रिटी आइडल’नै भ्रष्टाचारमा मुछिए, उपसचिव नेपालविरुद्ध साढे २५ लाखको बिगोसहित अख्तियारको मुद्दा

काठमाडौं- ‘इन्टिग्रिटी आइडल’ घोषित एकजना उपसचिवविरुद्ध २५ लाख रुपैयाँको भ्रष्टाचार

मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

खोटाङ- दिक्तेल बजारमा स्थापना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ का

माधव नेपाल मुछिएको पतञ्जलि प्रकरणमा झलनाथको प्रतिक्रिया- त्यो अदालतको विषय बनिसक्यो

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पतञ्जलिको जग्गा