बेहुली नै जन्ती लिएर बेहुलाको घरमा पुगेपछि… | Khabarhub Khabarhub

बेहुली नै जन्ती लिएर बेहुलाको घरमा पुगेपछि…


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बङ्गलादेश–बङ्गलादेशमा मुसलमान समुदायको वैवाहिक परम्परालाई चुनौति दिँदै एक किशोरीले आफूले मन पराएको केटासँग विवाह गर्नका लागि ‘जन्ती’ लिएर बेहुलाको घरमा गएपछि उनीहरू यहाँको सामाजिक सन्जालमा भाइरल भएका छन् ।

यसले परम्पराको नाममा हुने महिला अधिकार हननका बिषयमा बहस तीब्र बनाइदिएको छ ।

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार खाजिदा अख्तर खुशीले सयौँ जन्ती लिएर बेहुला तारिकुल इस्लामको घरमा पुगेकी थिइन् । शनिबार सम्पन्न विवाह बङ्गलामदेशको पश्चिमी ग्रामिण जिल्ला मेहरपुरमा भएको हो ।

मुसलमान परम्परा अन्य परम्पराका तुलनामा बढी कट्टर मानिने भएपनि एशियाली यस मुलुकमा भएको विवाह उत्सवले सामाजिक सञ्जालमार्फत विश्वभर चर्चा पाएको छ । खुशीले जन्ती लिएर बेहुलाकहाँ गएको घटनाले विश्वभर स्थापित मान्यतालाई उल्टाएको छ ।

“हो, परम्परागतरूपमा यो असामान्य हो । तर, अन्य दिदीबहीनीहरूले पनि यसलाई ब्यवहारमा ल्याउने शाहस गरून् भन्ने ध्येयका साथ मैले नयाँ चलनको शुरूवात गरेँ,” खुशीले भनिन् ।

विवाहका लागि बेहुला रहेका इस्लामका अनुसार उनीहरूको यो प्रयोगलाई परिवार र साथीहरूको साथ भएको थियो ।

इस्लामले भने, “महिला पुरूषबीचको समान अधिकारका लागि लिङ्गगत विभेदलाई अन्त्य गर्ने उद्देश्यका साथ हामीले नयाँ प्रचलनलाई व्यवहारमा ल्यायौँ । यसलाई हाम्रो परिवार र समाजले स्वीकार गर्‍यो ।”

म विश्वस्त छु एक पुरुषले जे गर्नसक्छ त्यो महिलाले पनि गर्न सक्छिन् भन्ने एउटा नयाँ सन्देश हाम्रो विवाहले दिएको छ ।

विवाहपछि उनीहरूको विवाहको फोटो तथा भिडियोहरू अनलाइन तथा सामाजिक सन्जालमा छाएको छ । यसले सामाजिक सन्जालमा विवाहको नयाँ अभ्यासबारेमा तातो बहस शुरू भएको छ ।

विवाह परम्परावादी मूल्यमान्यता दरोसँग गाँजिएको बहुसङ्ख्यक मुसलमान रहेको १६ करोड ८० लाख जनसङ्ख्या रहेको मुलुक बङ्गलादेशका सञ्चारमाध्यमको मुख्य समाचार बनेको छ ।

बङ्गाली दैनिक प्रोथम आलोको वेबसाइटमा लेखक सद्दाक हसनले विवाहबारे लेखेका छन्, “पक्कै पनि यो हाम्रो संस्कार र संस्कृतिमा ठूलो समाचार हो ।” अन्य लेखक तथा पत्रपत्रिकाले पनि घटनालाई एक फरक अभ्यासका रूपमा उल्लेख गरेका छन् ।

कतिपय पत्रपत्रिकाले त यसलाई विशेष महत्वका साथ छापेका छन् । केही किशोरहरूले बेहुली खुशीको प्रसंशा गर्दै भनेका छन्, “उहाँ शाहसी महिला हुनुहुन्छ । म उहाँजस्ता महिलालाई विवाह गर्न चाहन्छु ।”

यसैगरी केहीले भने उक्त घटनालाई व्यापक आलोचना गर्दै यसले नव जोडी तथा उनीहरुको परिवारमा नराम्रो प्रभाव छाड्ने बताएका छन् ।

“त्यो परिवारलाई सजाँय दिनुपर्छ,” मोहम्मद अबुल हस्नतले च्यानल २४ को वेबसाइटमा लेखेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ९ : ०१ बजे

उत्पादनमा आधारित अनुदानले बेनीका किसान उत्साही

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले उत्पादनमा आधारित अनुदान दिन थालेपछि किसानहरू

दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

गोरखा– गोरखाका पशुपालक किसानलाई दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

विप्लवलाई भेट्न प्रचण्ड पुगे हरिसिद्धि

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

तारकेश्वरमा माइक्रो बस साङ्ला खोलामा खस्यो

काठमाडौं– तारकेश्वर नगरपालिका ७ मा सोमबार बिहान इभी माइक्रो बस

दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

गोरखा– गोरखाका पशुपालक किसानलाई दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान