जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित : सभापति देउवा | Khabarhub Khabarhub

जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित : सभापति देउवा


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असरबाट नेपाल विश्वको तुलनामा सबैभन्दा बढी प्रभावित मध्येको मुलुक भएको बताएका छन् ।

आज साथसाथै संस्थाको कोइला ऊर्जाको प्रयोग बन्द गर्नुपर्ने अभियानसम्बन्धी ज्ञापनपत्र बुझ्दै नेपालले नगन्य मात्रामा कार्बन उत्सर्जन गरे पनि जलवायुका कारण प्राकृतिक विपद्का घटना बेहोर्नु परेको बताए। यसको क्षतिपूर्तिका लागि विश्वव्यापी पहल आवश्यक रहेकामा उनले जोड दिए। 

सभापति देउवाले विश्वव्यापी तापमान वृद्धिका कारण नेपालका हिमाल पग्लिने क्रम बढेको, अस्वभाविक मौसमले जनजीवनमा ठूलो प्रभाव परेको बताउँदै यस सम्बन्धमा विश्वको ध्यानाकर्षण गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले आफूले संयुक्त अधिराज्यको ग्लास्गोमा सन् २०२१ मा भएको कोप–२६ सम्मेलनमा  नेपालका तर्फबाट सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै अब नेपालले विद्युतीय ऊर्जाको प्रयोग बढाउँदै जानुपर्ने धारणा व्यक्त गरे।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  १ : १४ बजे

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय

लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिको विरोध (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले भारत र चीनबीच हालै भएको लिपुलेक

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्

‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु

चितवन– स्क्रब टाइफसबाट शनिबार यहाँ एक महिलाको मृत्यु भएको छ