आईपीएल विजय उत्सवमा भीड अनियन्त्रित, भागदौडमा ११ जनाको मृत्यु | Khabarhub Khabarhub

आईपीएल विजय उत्सवमा भीड अनियन्त्रित, भागदौडमा ११ जनाको मृत्यु


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

बेङ्गलुरु – बेङ्गलुरुमा स्थानीय क्रिकेट (आईपीएल) टोलीको विजय उत्सव मनाउँदै ठूलो भिड जुट्दा बुधबार भागदौड मच्चिएको छ । यस दुःखद घटनामा कम्तीमा ११ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले मृतकहरूको सङ्ख्या तत्काल पुष्टि गर्न नसकेको बताउँदै सबैलाई धैर्य र संयम अपनाउन अनुरोध गरेका छन् । उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरे।

घटना स्थलमा लाखौँ मानिसहरूको भीड भएको थियो र प्रहरीले स्थिति नियन्त्रणमा राख्न निकै प्रयास गरेको थियो । केही मानिसहरु अत्यधिक भिडका कारण बेहोस भएका थिए भने घाइतेहरूलाई अस्पतालमा उपचार भइरहेको छ ।

उपमुख्यमन्त्री शिवकुमारले सबैमा शान्त रहन र सहयोग गर्न अपिल गरेका छन् ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ८ : २२ बजे

जेन-जीका सहिद परिवारलाई क्षतिपूर्तिबापत रकम हस्तान्तरण

गोदावरी– जेन-जी आन्दोलनका क्रममा काठमाडौँमा ज्यान गुमाएका धनगढीका सहिद गौरव

पाथीभरा क्षेत्रमा मदिरा निषेध

फुङ्लिङ– पाथीभरा क्षेत्रमा मदिराको बिक्री, वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको

‘हरिबहादुर’लाई फिल्ममा डेब्यू गराउँदा दंग दीपेन्द्र

काठमाडौं – वरिष्ठ कलाकार हरिवंशको निर्वाह गरेको आइकोनिक क्यारेक्टर हो–

जेन-जीको सम्झनामा प्रधानमन्त्री कार्कीले दशैंको टिका नलगाउने

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको दशैंको टिका नलाउने भएकी

कञ्चनपुरका दुई पालिकामा १५० छाउगोठ भत्काइए

कञ्चनपुर– छाउपडी प्रथा अन्त्य गर्ने अभियानअन्तर्गत हालसम्म कञ्चनपुरका दुई पालिकामा