जनकपुरमा देउवाले भने- गृहमन्त्रीले राजीनामा दिँदैनन्, राजावादीको आन्दोलन तुहिसक्यो | Khabarhub Khabarhub

जनकपुरमा देउवाले भने- गृहमन्त्रीले राजीनामा दिँदैनन्, राजावादीको आन्दोलन तुहिसक्यो


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सत्तागठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् ।

बिहीबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले कांग्रेस र एमालेको गठबन्धन राम्रोसँग चलिरहेकले कुनै समस्या नरहेको बताएका हुन्।

उनले सत्तागठबन्धन ८४ सम्म निरन्तर चल्ने उल्लेख गरेका छन् । त्यस्तै सभापति देउवाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको पनि बताए । देउवाले संसद्को गतिरोध अन्त्यका लागि प्रयास भइरहेको पनि जानकारी दिए ।

उनले राजावादीहरूको आन्दोलन तुहिसकेको समेत जिकिर गरेका छन् । कांग्रेस र एमालेको संयुक्त सरकारले ल्याएको बजेट राम्रो र सन्तुलित रहेको पनि उनको भनाइ छ ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ३ : ३० बजे

खुल्यो ‘फेस अफ नेपाल २०२५’को आवेदन

काठमाडौं – एसिया मोडल फेस्टिवल फेस अफ नेपाल २०२५ का

एल साल्भाडोर लगिएका किलमारलाई अमेरिका फर्काइयो

एल साल्भाडोर– भुलवश डिपोर्ट गरिएका एल साल्भाडोरका २९ वर्षीय किलमार

जिब्रल्टरको पोस्टमा क्रोएसियाको ७ गोल

काठमाडौं– युरोपेली क्षेत्रको विश्वकप छनोटमा क्रोएसियाले जिब्रल्टरलाई फराकिलो अन्तरले हराएको

जलिरहेको प्यारासुटबाट जम्प गरेर टम क्रुजले राखे विश्व कीर्तिमान

काठमाडौं – हलिउड नायक टम क्रुजले जलिरहेको प्यारासुटबाट जम्प गरेर