संसद् अघि नबढेपछि सभामुखको गुनासो- संघीयतामाथि नै प्रश्न उठ्न थालिसक्यो « Khabarhub

संसद् अघि नबढेपछि सभामुखको गुनासो- संघीयतामाथि नै प्रश्न उठ्न थालिसक्यो


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिपक्षी दलले गरेको विरोध र नाराबाजीका कारण प्रतिनिधिसभाको बिहिबार बसेको बैठक पनि अवरुद्ध भएको छ ।

बैठक सुरु हुनेबितिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाउँदै नाराबाजी गरे । भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन र गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रतिपक्षीले विरोध जनाएका हुन् ।

प्रतिपक्षीले विरोध जनाएपछि केही सत्तापक्षीय सांसदहरूले बोल्न पाउनुपर्ने माग राखेका थिए । सदनमा अवरोध भएपछि सभामुख देवराज घिमिरेले सभा सञ्चालनका लागि उपयुक्त वातावरण बनाउन आग्रह गरे ।

उनले संसद्को चालू अधिवेशनले देशका लागि चाहिने अत्यावश्यक कानून बनाउन नसक्दा संघीयता प्रभावकारी हुन नसकेको टिप्पणी हुन थालेको उल्लेख गरेका छन् ।

सरकारका तर्फबाट महत्वपूर्ण विधेयकहरु आउने क्रममा रहेकाले त्यसमा केन्द्रित हुन पनि उनले आग्रह गरेका छन् ।

तर प्रतिपक्षी दलका सांसदहरूले निरन्तर विरोध जनाएपछि सभामुख घिमिरले संसद्को‍ कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाइएको जानकारी दिए । त्यसपछि अर्को बैठक शुक्रबार १ बजे बस्ने जानकारी दिँदै उनले प्रतिनिधिसभा बैठक स्थगित गरे ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ६ : ०० बजे

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा