शेयर बजारमा सामान्य सुधार « Khabarhub

शेयर बजारमा सामान्य सुधार


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शेयर बजारमा मंगलबार भने सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.४१ बिन्दुले बढेर एक हजार १०९.७३ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५९ बिन्दुले बढेर २३५.७८ बिन्दुमा पुगेको छ । कूल १६६ कम्पनीको सात लाख २० हजार ८४५ कित्ता शेयर रु २० करोड ३८ लाख ३९ हजार ८६४ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये आज वित्त क्षेत्रको मात्रै शेयर ओरालो लागेको छ । सो उपसमूह ०.६५ बिन्दुले घट्दा बैंकिङ ४.०७, होटल १.५२, विकास बैंक २.२७, जलविद्युत् ५.१३, निर्जीवन बीमा ७२.१७, उत्पादन २०.३७, अन्य १०.५८, लघुवित्त १०.५१, जीवन बीमा ६०.०२ बिन्दुले बढेको छ ।

बढेको बजारमा आँखुखोला जलविद्युत् कम्पनीका शेयरधनीले ६.४९ प्रतिशत कमाएका छन् । यस्तै पु्रडेन्सियल इस्योरेन्स कम्पनी ५.८६, नेको इन्स्योरेन्स कम्पनी, हिमालयन डिस्ट्रिलरीका शेयरधनीले ३.७७ प्रतिशत कमाएका छन् । यस्तै सहयोगी विकास बैंकका शेयरधनीले ८.८८ प्रतिशत, ग्लोबल आइएमइ समुन्नति स्किम एक ५.६२, नेशनल हाइड्रोपावर कम्पनी ३.२२, मिथिला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.१३ प्रतिशतले गुमाएका छन् ।

कारोवारका आधारमा आज नबिल बैंकको रु दुई करोड ५० लाख ७१ हजार २६९, नबिल बैंकको संस्थापक शेयर रु एक करोड ४० लाख १२ हजार ६४३, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेड रु ७८ लाख ८६ हजार ५४२, एशियन लाइफ इन्स्योरेन्स कम्पनीको रु ६८ लाख ६८ हजार ८८३ मूल्यमा खरीद बिक्री भएका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ५ : ४१ बजे

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी