आज २०८२ साल जेठ २४ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल जेठ २४ गते शनिबारको राशिफल


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज २०८२ साल जेठ २४ गते शनिबार। जेठ शुक्ल पक्षको एकादशी व्रत उपरान्त द्वादशी तिथि । तुलसीको दल राख्ने दिन । तदनुसार सन् २०२५ जुन ७ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : सञ्चित धन खर्च हुने दिन छ । राजनीतिक क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या हुने जोखिम छ । शिक्षाको क्षेत्रमा थप श्रम गर्नुपर्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : दिन सामान्य राम्रो छ । गुम्न लागेको धन प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारसँगको कारोबारमा फाइदा हुनेछ । राज्यको महत्त्वपूर्ण निकायमा नियुक्ति हुनसक्ने योग छ ।

मिथुन : दिन राम्रो छ । मनमा उत्साह बढ्नेछ । धार्मिक व्यक्तिसँगको भेटले नयाँ योजना बन्नेछ । विदेशमा गरेको व्यापारबाट फाइदा हुनेछ । घर परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : आम्दानीका दृष्टिले दिन राम्रो छ । परिवारको बोझ अझै बढ्ने योग छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । राजनीतिक क्षेत्रमा उपलब्धि प्राप्त हुनेछ ।

सिंह : सहकार्यमा गरेको व्यापारबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ । रोगले सताउने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

कन्या : दिन राम्रो छ । लगानीका क्षेत्रमा हिम्मत गर्नुपर्ने छ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा प्रगति हुनेछ । परिवारमा तपाईंको सम्मान हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

तुला : मन प्रशन्न रहनेछ । आफूले गरेका काममा सन्तुष्टि मिल्नेछ । आफ्नै प्रशंसा सुन्ने अवसर मिल्नेछ । परिवारसँग रमाइलो यात्राको अवसर प्राप्त हुनेछ । नयाँ साथीसँग रमाइलो भेट हुने योग छ ।

वृश्चिक : दिन सामान्य छ । स्वास्थ्यमा समस्या बढ्ने जोखिम छ । तपाईंको अध्ययनको भने मूल्यांकन हुने दिन छ । विपक्षीसँग सचेत भएर अगाडि बढ्नुपर्ने समय छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । आफूले आफूलाई मूल्यांकन गर्न नसक्दा खटपटी भए पनि साथीको साथ मिल्नेछ । परोपकारको काम गर्ने अवसर मिल्नेछ ।

मकर : दिन राम्रो छ । बौद्धिक व्यक्तिसँग भेट हुनेछ । राजनीतिक क्षेत्रमा गरेको लगानीको प्रतिफल प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुने योग छ । परिवारभित्र थोरै बोलेर काम गर्नुपर्ने समय छ ।

कुम्भ : धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अन्त्य साढेसाती दशा भएकाले तृतीया, छैटौं र ११ औं स्थानमा शनिदेव भए तपाईंको उन्नति हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

मीन : दिन सामान्य छ । सम्पत्तिले साथ दिए पनि इज्जतमा दाग लाग्नेछ । धार्मिक कार्यमा सहभागी हुनु आवश्यक हुन्छ । दान गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ५ : ५७ बजे

अठारौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ सुरु

पाटन– १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ ललितपुरमा सुरु भएको

सरकारले सिंहदरबार र सर्वोच्चमा भएको तोडफोड र आगजनीको वास्ता गरेन : प्रभु साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले नेपालमा

केपी ओलीको ६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबारदेखि सुरू दशौँ केन्द्रीय

एक सातामा ४ सय २८ जनामा देखियो डेंगु संक्रमण 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३७ जनामा डेंगुको संक्रमण पुष्टी

मधेसमा अर्को ‘ट्विस्ट’ लोसपापछि एमालेको समर्थनमा कांग्रेसले गर्‍यो सरकारमा दाबी 

जनकपुरधाम– मधेश प्रदेशको मुख्यमन्त्रीका लागि लोसपा पछि नेपाली कांग्रेसका संसदीय