यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स | Khabarhub Khabarhub

यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’का लागि अभिनेता सौगात मल्लको लुक्स सार्वजनिक गरिएको छ । आगामी दसैँको फूलपातीमा प्रदर्शनको तयारी गरिएको ‘बलिदान’ मा सौगात मल्लको सशक्त भुमिका रहेको लुक्सले संकेत गरेको छ ।

सार्वजनिक पोस्टरमा सौगात मल्ल लामो कपाल र दाह्रीमा देखिएका छन् । पहिलो पोस्टरमा सौगात मल्ल एक युद्धक शैलीमा प्रस्तुत छन्। उनी घाइते अवस्थाजस्तो देखिन्छन्—माटो, रगत र पसिनाले भरिएको शरीर, तिनै संघर्षको संकेत पहिलो पोस्टरले दिन्छ ।

हातमा समातेको भारी, पुरातन शैलीको हतियारले उनको क्रान्तिकारी र रक्षात्मक स्वभाव झल्काउँछ। अनुहारमा गहिरो भाव—क्रोध, वेदना र विद्रोह मिसिएको छ। झ्यालबाट छिर्दै गरेको उज्यालोले यो दृश्यलाई नाटकीय र रहस्यमयी बनाएको छ।

दोस्रो पोस्टरमा सौगात मल्ल भिडको अगाडि उभिएका छन् । अनुहारमा शान्त तर दृढ भाव छ। पछाडि मशाल बोकेका मानिसहरूको उपस्थितिले फिल्ममा विद्रोह, क्रान्ति र जनताको आवाज उठाउने भाव प्रकट गर्छ। उनको शरीरमा लपेटिएको खैरो चोला, र पुरातन शैलीको लुक्सले ऐतिहासिक पृष्ठभूमिमा आधारित कथा संकेत गर्छ।

यसअघि निर्माण पक्षले फिल्मका नायक समीर भट्ट फिचर्ड दुई पोस्टर सार्वजनिक गरेका थियो ।

आगमी दशैँमा पाँचभन्दा बढी फिल्मले प्रदर्शन मिति तय गरेका छन् । सन्तोष जुनसुकै अवस्थामा दशैँमै यो फिल्म प्रदर्शन गर्ने तयारीमा देखिएका छन् ।

यस फिल्ममा समीरसहित सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायतको अभिनय छ । आसुसेन फिल्मस् प्रालिको प्रस्तुतिमा बनेको फिल्मका निर्माता ब्राडफोर्ड विष्ट हुन् ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ९ : २९ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली

देउवा दम्पत्ति स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन जी

प्रधानमन्त्रीले भनिन्ः राज्यले भावना नबुझिदिँदा जेनजीमा बेचैनी बढ्यो

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक