विपक्षी दलहरूको बैठक बस्दै, संसदको अवरोध र भिजिट भिसा प्रकरणमा छलफल हुने « Khabarhub

विपक्षी दलहरूको बैठक बस्दै, संसदको अवरोध र भिजिट भिसा प्रकरणमा छलफल हुने


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूको बैठक बस्दैछ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद भवनस्थित आफ्नो कार्यकक्षमा आइतबार मध्याह्न १२ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

भिजिट भिसा प्रकरणमा विपक्षीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर सदन अवरोध गरिरहेको अवस्थामा बैठक बस्न लागेको हो ।

पछिल्लो समय प्रमुख प्रतिपक्षी माओवादीले गृहमन्त्रीको राजीनामाको अडान छाडेर छानबिन समिति बनाउने प्रतिवद्धता आए सदनको अवरोध खुलाउने सङ्केत गरेको छ ।

सहमतिको प्रयासस्वरूप प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग संवाद बढाएका छन् । 

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ११ : ०७ बजे

जिल्ला प्रशासन हुम्लाद्वारा मदिरा बिक्री वितरणमा रोक

हुम्ला– जिल्ला प्रशासन कार्यालय हुम्लाले शुक्रबारदेखि लागू हुनेगरी जिल्लाभर पूर्णरूपमा

प्रतिनिधिसभा निर्वाचन : धनुषाका ८८ उम्मेदवारले मात्रै खोले बैंक खाता

जनकपुरधाम– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषाका ८८ जना उम्मेदवारले मात्र बैंक खाता

काठमाडौं महानगरका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले ३६ हजार २८० जना विद्यार्थी, शिक्षक

कांग्रेस सभापति थापाले आज मधेशका चार जिल्लाको चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज मधेस प्रदेशका चार

म्याग्दीको दरखोलामा पुल नबन्दा स्थानीयलाई समस्या

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–३ स्थित दरखोलामा मोटरेबल पुल निर्माण नहुँदा