फिल्म ‘द ब्ल्यू लाइट’को पोस्टर : तनावमा वेनिशा « Khabarhub

फिल्म ‘द ब्ल्यू लाइट’को पोस्टर : तनावमा वेनिशा


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – छायाङ्कनरत फिल्म ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले आइतबार फिल्मकी शीर्ष कलाकार वेनिशा हमाललाई प्रस्तुत गरी पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा वेनिशाको पृष्ठभूमीमा मदिरा बार छ । उनी तनाव मुद्रामा देखिन्छन् । उनले हातमा चुरोट लिएकी छन् भने छेउमा मदिराको खाली गिलास देख्न सकिन्छ । निलो रङको संयोजनले पोस्टरलाई थप रहस्यमयी बनाएको छ ।

यसबाट वेनिशाले फिल्ममा सहरीया युवतीको भूमिका निर्वाह गरेको प्रष्ट हुन्छ । यद्यपि निर्माण पक्षले उनको भूमिकाबारे खुलाएको छैन ।

यस पोस्टरबाट फिल्म काठमाडौंको ‘नाइट लाइफ’ कथामा बनेको अनुमान गर्न सकिन्छ । तर, निर्माण पक्षले चलचित्रको कथा वस्तु अहिलेसम्म गोप्य नै राखेको छ ।

२० दिनको तालिका लिएर निर्देशक तथा लेखक बलिराम चौहान बिहीबारबाट छायाङ्कनमा निस्किएका छन् । चौहानको यो डेब्यू निर्देशन हो ।

फिल्ममा वेनिशासँगै नायक अर्पण थापा, महेश त्रिपाठी, आयुषमान देशराज जोशी, सृष्टि श्रेष्ठ शीर्ष भूमिकामा रहेको बताइएको छ ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने यस फिल्म स्काइफल पिक्चर्सको प्रस्तुत बन्न लागेको हो । यसको निर्माता रमन ग्रे हुन् ।

यो फिल्म सन् २०२५ भित्रै प्रदर्शनमा आउने बताइएको छ ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  २ : ३१ बजे

पर्वतको ठानामा ‘एक घर एक धारा’

पर्वत– पर्वतको मोदी गाउँपालिका–६ तिलाहारको ठानागाउँमा ‘एक घर एक धारा’

सरकारले खुलायो औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात

काठमाडौं– नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि औद्योगिक

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

चिसो बढेपछि हुम्लाको यारी भन्सार कार्यालय बन्द

हुम्ला– हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ