ओलीको चिन्ता : फेसबुके उरन्ठेउलाहरू चुनावको नाममा एमालेभित्र फाटो ल्याउन खोज्दैछन् | Khabarhub Khabarhub

ओलीको चिन्ता : फेसबुके उरन्ठेउलाहरू चुनावको नाममा एमालेभित्र फाटो ल्याउन खोज्दैछन्


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रै भ्रम फैल्याउने र फटो ल्याउने तत्वहरू रहेको बताएका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४ औँ राष्ट्रिय महाधिवेशनको कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भ्रम फैल्याएर अँध्यारो देखाउने प्रवृत्ति बढ्दै गएको पनि बताए । पार्टीभित्र एकता हुनु हुँदैन भनेर केही तत्व लागिरहेको पनि उनले गुनासो गरे ।

‘एमालेप्रति पनि भ्रम फैलाउने र अँध्यारो देखाउने प्रवृत्ति छन् । पार्टीभित्र एकता हुनु हुँदैन । चुनावबाटै नेतृत्व चयन गर्नुपर्छ भनेर भ्रम फैलाउन खोजेका छन्’, उनले भने,‘मेरो आग्रह के हो भने हामी एकता, फेरि एकता र सुदृढ एकतामा जान सके लक्ष्यमा प्रभावकारी रूपमा अघि बढ्न सक्छौँ । मिल्नै नसक्ने भएमा मित्रतापूर्ण निर्वाचनमा जाने अधिकार त छँदैछ ।’

उनले पार्टीभित्र झ्याम्टा बजाउँदा मात्र लोकतन्त्र हुने, सहमति नहुँदा लोकतन्त्र नहुने खालको भावनामा बग्न नहुने पनि बताएका छन् ।

‘अहिले एमालेविरुद्ध फाटो ल्याउने काम भइरहेको छ। त्यस्तो भाष्य बनाएका छन् उरन्ठेउलाहरूले, सहमति सबैभन्दा लोकतान्त्रिक विधि हो । मिलेर कार्यविभाजन गर्नु राम्रो हो’, उनले भने, ‘सहमतिका साथ गर्नुभयो भने दुईतीजना साथीहरूले अलिकति त्याग गरे संगठन बलियो बन्छ ।’

उनले चुनाव चाहनेलाई फेसबुकेले उकासेको पनि बताए । ‘चुनाव गएपछि भाइ तपाईंले हार्नु भएको छैन, चुनाव गराएर छाड्नु भयो त्यो चाहिँ जित हो भनेर फेसबुके फाटोवादी कुराको कुनै अर्थ छैन’, उनले विद्यार्थीहरूलाई भने, ‘तपाईंहरू मिलेर जानुस्, सक्दै सक्नु हुन्न, मिल्न सक्नु हु्न्न भने बाकस थाप्नुस् ।’

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ३ : ५५ बजे

प्रधानमन्त्री भन्छन् : युवाहरूले घमण्ड त्याग्नुपर्छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलले व्यक्ति व्यक्तिका आत्मविश्वासलाई राष्ट्रिय

विपिनलाई खोज्न इजरायल पुगे आमा र बहिनी

काठमाडौं – हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइको माग

गाईजात्रा महोत्सव : नाचघरमा ‘कमेडी नाइट विथ च्याम्पियन्स’ (तस्बिरहरू)

काठमाडौं – सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघरमा शनिबारदेखि सुरु गरेको ‘गाईजात्रा

सुनसरी दुर्घटना अपडेट : मृतकको सङ्ख्या पाँच पुग्यो

सुनसरी – सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।