संसद्‍मा विपक्षी दलको अवरोध कायमै, सोमबार दिउँसो बस्ने गरि स्थगित « Khabarhub

संसद्‍मा विपक्षी दलको अवरोध कायमै, सोमबार दिउँसो बस्ने गरि स्थगित


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा पनि नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूले अवरोध जारी राखे । दुई पटक सारेर साँझ साढे ६ बजे बसेको बैठकमा विपक्षी दलले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सोमबार २ बजेसम्मलाई स्थगित गरेका छन् ।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सुरूमा ३:१५ बजेका लागि सारिएको थियो । त्यसपछि अपराह्न ५:३० बजेका लागि डाकिएको बैठक साँझ साढे ६ बजे मात्रै केही मिनेट बसेर स्थगित भएको हो ।

भिजिट भिसा प्रकरणमा विपक्षीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर सदनमा अवरोधलाई निरन्तरता दिएका छन् । सत्ता पक्ष कुनै हालतमा गृहमन्त्रीको राजीनामाको पक्षमा छैन । यो अवस्थामा आइतबार कार्यसूचीमै नपसरी बैठक स्थगित भएको हो ।

प्रतिनिधिसभा बैठक खुलाउनेबारे सत्तारूढ र विपक्षी दलहरू सहमति नजिक पुगेको भनिए पनि अवरोध जारी रहेको हो ।

यसअघि आइतबार दिउँसो नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सांसद ज्ञानेन्द्रबहादुर कार्कीलगायत छलफलमा जुटेका थिए । एमालेले भने कांग्रेस र विपक्षीबीचको निष्कर्ष स्वीकार्ने जनाएको थियो ।

यो छलफलमा रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले, सांसद विराजभक्त श्रेष्ठ र सन्तोष परियारसहित सहभागी थिए । एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डे पनि छलफलमा थिए । तर उनीहरूले सहमति जुटाउन नसकेपछि आइतबारको संसद् बैठकमा पनि अवरोध भएर स्थगित भएको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ६ : ४२ बजे

तनहुँमा कालो झण्डा प्रकरण : मञ्जिल रानाले दिए स्पष्टिकरण

तनहुँ – मगर दिवस कार्यक्रमका क्रममा देखिएको कालो झण्डा प्रकरणबारे

उपेन्द्रको दाबी- निर्णायक शक्ति मधेशले नै अब देशको भविष्य तय गर्छ 

सप्तरी– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्णायक भूमिकामा

इस्टर बमकाण्ड : पूर्व गुप्तचर प्रमुख ९० दिन हिरासतमा

एजेन्सी– सन् २०१९ को इस्टर बम विस्फोट प्रकरणमा महत्त्वपूर्ण मोड

अरुण नदीको बेलिब्रिज भाँचियो

किमाथांका – यहाँको मकालु गाउँपालिका–५ र २ जोड्ने बेलीब्रिज भाँचिएको

सोमबारदेखि कास्कीमा रात्रिकालीन व्यवसाय गर्न नपाइने

गण्डकी– प्रतिनिधिसभा सदस्य चुनावको सुरक्षा संवेदनशिलतालाई दृष्टिगत गरी आगामी सोमबारदेखि