राजावादी आन्दोलनमा ध्वस्त जडिबुटी कम्पनी तङ्ग्रिँदै (तस्बिरहरू) « Khabarhub

राजावादी आन्दोलनमा ध्वस्त जडिबुटी कम्पनी तङ्ग्रिँदै (तस्बिरहरू)


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत चैत्र १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजावादीहरूको प्रदर्शनले हिंसात्मक रूप लिँदा दुईजनाको ज्यान जानुका साथै थुप्रै मानिस घाइते भएका थिए ।

यस्तै, केही सार्वजनिक तथा निजी संरचनाहरूमा तोडफोड र आगजनी भएको थियो । जसबाट जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी पनि सुरक्षित रहन सकेन ।

कम्पनीको प्रशासनिक भवन तोडफोड भएको थियो भने उत्पादन तथा प्रयोगशाला भवनमा आगो लगाइँदा पूर्ण रुपमा ध्वस्त भएको थियो ।

यस कम्पनीले खेती, प्रशोधन, उत्पादन र बजारिकरणको काम गर्ने भएकाले खेती र प्रशोधन कम्पनीको बाहिरी शाखाहरूले गर्ने र उत्पादित बस्तुको बजारिकरण देखिएका कामहरू केन्द्रीय कार्यलयले गर्ने हुँदा सो घटनाको लगभग एक महिना सबै जसो काम ठप्प भएको कम्पनीका निमित्त महाप्रबन्धक उषा रिजालले जानकारी दिइन् ।

उनले घटनाको दुई महिनामै महिनामै कम्पनीले उत्पादन थालेको जानकारी दिइन् । यस कार्यका लागि वन तथा वातावरण मन्त्रालयको सहजीकरण र सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले प्रशासनिक भवनमा सिसा राख्न सहयोग गरेको र उत्पादन भवनको कम क्षति भएको कोठा सफा गरी त्यहीँबाट तत्काल अस्थायी रूपमा उत्पादन सुरु गरिएको रिजालले बताइन् ।

आगलागी हुनु पहिले मेसिनको प्रयोग गरी उत्पादन गरिने भए पनि मेसिन पूर्ण रुपमा जलेका कारण अहिले सम्पूर्ण काम कर्मचारीले नै गर्नु परेको छ । जसका कारण कम्पनी पूर्ण क्षमतामा चल्न सकेको छैन । अहिले ५० देखि ६० प्रतिशत मात्र उत्पादन भइरहेको छ ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  १२ : ०६ बजे

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई पद

त्रिविको निमित्त उपकुलपति बने प्रा. डा. सुशील बज्राचार्य

काठमाडौं- सरकारले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा इन्जिनियरिङ अध्ययन संस्थानका डीन

‘सीमा विवाद होइन, लिपुलेक-लिम्पियाधुरा-कालपानी अतिक्रमित भूमि हुन्’

काठमाडौं- दार्चुलाबाट निर्वाचित नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

नयाँ दिल्ली- घरेलु बजारमा चिनीको आपूर्ति सुनिश्चित गर्न र मूल्यवृद्धि

ट्रम्पसँगै चीन पुगे दर्जन अमेरिकी खर्बपति : एलन मस्कदेखि एनभिडियाका जेन्सन हुआङ

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुग्दा अर्बपति अमेरिकी कार्यकारीहरूको