हेरा फेरीमा अक्षयलाई राहत, अदालतले रोक्न मानेन ‘जोली एलएलबी- ३’को सुटिङ « Khabarhub

हेरा फेरीमा अक्षयलाई राहत, अदालतले रोक्न मानेन ‘जोली एलएलबी- ३’को सुटिङ


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘हेरा फेरी- ३’को विवादलाई लिएर बलिउड नायक अक्षय कुमार अदालत पुग्नु पर्ने अवस्था सिर्जना भएको थियो ।

उनले केही साताअघि मात्रै कलाकार परेश रावलालाई ‘सम्झौता गरेर फिल्म नगरेको’ आरोपमा मुद्दा हाल्ने चेतवानीको कानुनी सन्देश पठाएका थिए ।

परेशले ‘सम्झौता रकम ब्याज’सहित फिर्ता गरेपछि यो विवाद अदालतमा पुगेन ।

अहिले पुरानो मुद्दाबाट पनि अक्षयले छुटकारा पाएका छन् । सन् २०२४ मे ७ मा उनीविरुद्ध एक उजुरी दर्ता भएको थियो ।

अजमेर जिल्ला बार एसोसियसनका अध्यक्ष चन्द्रभान सिंह राथोडले अक्षय, अर्का कलाकार अर्सद वार्सी र निर्देशक सुभाष कपुरलाई विपक्षी बनाएर राजस्थान उच्च अदालत मुद्दा दायर गरेका थिए ।

फिल्म ‘जोली एलएलबी- ३’लाई लिएर यो मुद्दा परेको हो । प्रदर्शनमा आएको ‘जोली एलएलबी’का सिक्वेलले न्यायापालिक र वकिलको छवि विगारेको राथोडको दाबी थियो ।

उनले ‘जोली एलएलबी ३’ थप न्यायपालिका र वकिलको छवि बिगार्ने भन्दै छायाङ्कन नै रोक्नुपर्ने उनको माग थियो । यसैले गर्दा फिल्मकफो पूरा छायाङ्कन हुन पाएको थिएन ।

अदालतले ‘आशंकाको भरमा फिल्मको छायाङ्कन रोक्न उचित नहुने’ आदेश दिएको भारतीय मिडिया टाइम्सअप इन्डियाले उल्लेख गरेको छ ।

फिल्मका दृश्यलाई लिएर आपत्ति जनाउने क्षेत्राधिकार सेन्सर बोर्डको रहेको पनि अदालतले स्मरण गराएको छ ।

अदालतले छायाङ्कन रोक्नु नपर्ने फैसलाले निर्माण टिमलाई राहत मिलेको छ । यो फिल्म यही सेप्टेम्बर प्रदर्शनमा आउने बताइएको छ ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ८ : २५ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग