१०० रुपैयाँ पर्ने सामान १० महिनामा २ रुपैयाँ ७७ पैसाले बढ्यो « Khabarhub

१०० रुपैयाँ पर्ने सामान १० महिनामा २ रुपैयाँ ७७ पैसाले बढ्यो


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १० महिनाअघि १०० रुपैयाँ पर्ने सामानको मूल्य बढेर १०२ रुपैयाँ ७७ पैसा पुगेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवातमा १०० रुपैयाँ पर्ने सामान २ रुपैयाँ ७७ पैसाले बढेको छ । 

यस्तो मूल्यवृद्धि अघिल्लो वर्षको १० महिनामा ४.४० प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको  देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा देखिएको छ । 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको  मूल्यवृद्धि १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको  मूल्यवृद्धि ३.४५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
 
अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको  मूल्यवृद्धि क्रमशः ६.४१ प्रतिशत र ३.०९ प्रतिशत रहेको सार्वजनिक भएको तथ्यांकमा उल्लेख छ । 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.०८ प्रतिशत, फलफूलको ६.१५ प्रतिशत, दाल तथा गेडागुडीको ५.१७ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले बढेको छ भने तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८.११ प्रतिशत, मरमसलाको २.२० प्रतिशत र माछा तथा मासुको ०.४८ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ । 

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ९.०४ प्रतिशत, शिक्षाको ५.८८ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२३ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ३.९९ प्रतिशत र रेष्टुरेण्ट तथा आवास सेवाहरूको ३.१६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । 

समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.२१ प्रतिशतले र शहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.६१ प्रतिशतले बढेको सार्वजनिक तथ्यांकमा उल्लेख छ । 

प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता  मूल्यवृद्धि ४.२९ प्रतिशत, मधेश प्रदेशको २.८१ प्रतिशत, बागमती प्रदेशको २.४० प्रतिशत, गण्डकी प्रदेशको २.२३ प्रतिशत, लुम्बिनी प्रदेशको २.१५ प्रतिशत, कर्णाली प्रदेशको २.२१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ३.१४ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । 

समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता  मूल्यवृद्धि २.६४ प्रतिशत, तराईको २.६४ प्रतिशत, पहाडको २.६५ प्रतिशत र हिमालको ४.०१ प्रतिशत रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  १२ : २८ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने