दुर्गा प्रसाईंसहितका आरोपी अदालतमा, थुनछेक बहस हुँदै (तस्बिरहरू) | Khabarhub Khabarhub

दुर्गा प्रसाईंसहितका आरोपी अदालतमा, थुनछेक बहस हुँदै (तस्बिरहरू)


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरि भएको हिंसात्मक घटनामा संलग्न भनिएका प्रतिवादीहरूलाई थुनछेकको बहसका लागि मंगलबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

गत जेठ १२ गतेदेखि न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा प्रसाईंसहितका ५० जना प्रतिवादीहरूको बयान थालिएको थियो। बयान सकिएसँगै उनीहरूको थुनछेक बहस अघि बढेको हो ।

यस प्रकरणमा प्रसाईं एक्लैलाई ५ वटा अभियोगमा मुद्दा चलाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा लैजाने क्रममा प्रतिवादीहरूविरुद्ध राजद्रोह, अपराधिक उपद्रव, कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराध कसुर लगाएको छ ।

यो मुद्दाका लागि जिल्ला प्रहरी परिसर काठमाडौं कार्यरत प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्की, प्रहरी निरीक्षक वाङ्गेल लामा , प्रहरी निरीक्षक पप्पु कुमार दास, प्रहरी वरिष्ठ नायव निरीक्षक विष्णु खतिवडा,प्रहरी वरिष्ठ नायव निरीक्षक विजय शाही, प्रहरी नायव निरीक्षक अर्जुन सेठ्ठी, प्रहरी वरिष्ठ हवलदार विष्णु सापकोटा समेतको जाहेरी परेको थियो ।

उता कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न ११ जनाको बयान र थुनछेक बहस न्यायाधीश पदमराज पाण्डेको इजलासमा अघि बढ्नेछ । ती ११ जनालाई सरकारी वकिलले आपराधिक उपद्रव कसुर अभियोगमा मुद्दा चलाएको छ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  १२ : ४१ बजे

कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

कैलाली– कैलालीमा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ

प्रचण्ड र माधव नेपालबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा

अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार

काठमाडौं– भारतको अहमदावादमा दुर्घटना भएको विमानमा गुजरातका पूर्वमुख्यमन्त्री पनि सवार

एमाले महासचिव पोखरेल बेलायत भ्रमणमा

काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेल बेलायत भ्रमणमा गएका

देशलाई काठमा आत्मनिर्भर बनाउन नीतिगत सुधार हुँदैछ : मन्त्री शाही

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले विदेशी काठ आयातलाई निरुत्साहित