वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ  « Khabarhub

वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ 


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा  स्याङजा घर भई ललितपुर बस्ने ६० वर्षीय लक्ष्मण चापागाईँ, सप्तरी घर भई काठमाडौं बस्ने ३९ वर्षीय अशोक मण्डल, सिन्धुपाल्चोक घर भई काठमाडौं नै बस्ने २० वर्षीय बाल सुन्दर भारती र सिन्धुपाल्चोक घर भई काठमाडौं बस्ने २७ वर्षीया चण्डिका उप्रेती रहेका छन् । 

बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लक्ष्मण चापागाईँले युके पठाउने भन्दै पाँच लाख, शोक मण्डलले मलेसिया पठाउने भन्दै छ लाख, बाल सुन्दर भारतीले पोर्चुगल पठाउने भन्दै तीन लाख र चण्डिका उप्रेतीले न्युजिल्याण्ड पठाउने भन्दै ५० हजार रुपैयाँ लिएर नपठाएको भन्ने पीडितको जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको हो 

उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ६ : ०७ बजे

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?

विश्वकपले नै निर्धारण गर्नेछ रोनाल्डोको अन्तिम विरासत !

काठमाडौं । पोर्चुगलका कप्तान तथा विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो

समूह ‘ए : जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका, अर्को खेलमा मेक्सिको र कोरिया भिड्ने

काठमाडौं – चेक रिपलब्लिक र दक्षिण अफ्रिका दुबैले समूह ‘ए’को

नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगर प्रमुखलाई आग्रह

ललितपुर – ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनलाई दुई कार्यकालको अनुभवका आधारमा