अस्पताल निर्माणमा करिब ७ करोड भ्रष्टाचार- मधेश प्रदेशका सदस्य ठाकुरसहित १५ जनाविरुद्ध मुद्दा « Khabarhub

अस्पताल निर्माणमा करिब ७ करोड भ्रष्टाचार- मधेश प्रदेशका सदस्य ठाकुरसहित १५ जनाविरुद्ध मुद्दा


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्पताल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सभाका एकजना सदस्यसहित १५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दाय गरेको छ ।

अख्तियारले लुम्बिनी/डी एण्ड एन जेभी तथा डी एण्ड एन बिल्डर्स प्रालिका तत्कालीन प्रबन्ध निर्देशक दिपेद्रकुमार ठाकुर र लुम्बिनी बिल्डर्स प्रालिका तत्कालीन प्रबन्ध निर्देशक बिष्णु प्रसाद शर्मासहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो । ठाकुर हाल मधेश प्रदेशका प्रदेश सभा सदस्य रहेका छन् ।

धनुषाको औरही गाउँपालिकाले १५ शय्याको अस्पताल बनाउने क्रममा बोलपत्र आह्वानदेखि नै भ्रष्टाचार गरेको अभियोगसहित अख्तियारले विशेष अदालतमा मुद्दा लगेको हो ।

आयोगका अनुसार, धनुषाको औरही गाउँपालिका–२ मा निर्माण हुने १५ शैय्याको प्राथमिक अस्पताल निर्माणसम्बन्धी करिब २४ करोड ४३ लाखको लागत अनुमान गरिएको ठेक्कामा बोलपत्र प्रक्रियामा अनियमितता गरिएको भेटिएको छ।

बोलपत्रमा मुख्य कार्यविधि नै हेरफेर गरेर म्याद थप गरिँदा केही सीमित कम्पनीलाई मात्र लाभ पुग्ने गरी व्यवस्था गरिएको भेटिएको छ। सस्तो मूल्यमा बोलपत्र पेश गरेका प्रतिस्पर्धीलाई प्राविधिक मूल्याङ्कनमा अयोग्य देखाई ठेक्का बढी मूल्यमा अन्य कम्पनीलाई दिइएको पाइएको अख्तियारले जनाएको छ।

ठेक्का प्रक्रियामा बोलपत्र मूल्याङ्कनका आधार अन्तिम मितिमा परिवर्तन गरी प्रतिस्पर्धालाई असफल बनाउने नियत देखिएको आयोगले जनाएको छ। यसैगरी, बोलपत्रदाता छनोटमा विधिको उल्लङ्घन गरी ६ करोड ७९ लाख १२ हजार ३८३ रुपैयाँ ९८ पैसा बराबरको राज्यकोषलाई हानी पुगेको आयोगको दाबी छ।

प्रमुख प्रतिवादी ठाकुरसहित लुम्बिनी/डी एण्ड एन. जेभी तथा मूल्याङ्कन समितिमा संलग्न कर्मचारीहरूमाथि भ्रष्टाचार निवारण ऐनअनुसारको कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सार्वजनिक सम्पतिको हिनामिना, हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपसहित मधेश प्रदेशका प्रदेश सभा सदस्य ठाकुर, औरही गाउँपालिका धनुषाका तत्कालीन अध्यक्ष, व्रह्मदेव यादव, तत्कालीन उपाध्यक्ष मिरादेवी सहनी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुर लगायत १७ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिए ।

आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत औरही गाउँपालिकाको देउरीपरवाहमा १५ शैय्याको अस्पताल निर्माणमा अनियमितता भएको आरोप आरोपपत्रमा रहेको छ ।

सूचना अधिकारी रेग्मीले प्रतिवादीहरूलाई ६ करोड ७९ लाख १२ हजार ३ सय ८३ रुपैयाँ ९८ पैसा बिगो कायम गरिएको बताएका छन् ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ६ : १६ बजे

बेलौरीमा ‘समुदाय विपद् स्वयंसेवक तालिम’ सुरू

कञ्चनपुर- सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण मुख्यालय शैलेश्वरी

सीमित स्रोतसाधनमा काम गर्न बाध्य : मधेसी आयोग

काठमाडौं– मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साहले मधेस प्रदेशका समस्या

पोखराका आयुर्वेद अस्पतालमा गैरकानुनी औषधि ! 

गण्डकी– पोखरामा सञ्चालित आयुर्वेद अस्पताल-क्लिनिकमा गैरकानुनी तथा गुणस्तरहीन औषधि निर्वाध

स्वास्थ्यमन्त्री मेहतासँग भारतीय राजदूतको भेट, स्वास्थ्य सहकार्य विस्तारबारे छलफल

काठमाडौं– स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहेतासँग नेपालका लागि भारतका राजदूत नवीन

ट्राफिक कारबाहीबाट २७ लाख ५७ हजार २ राजस्व संकलन

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न