‘मोहर’को टिजर : ‘देउकी कुप्रथा’को कथामा पल दोहोरो भूमिकामा « Khabarhub

‘मोहर’को टिजर : ‘देउकी कुप्रथा’को कथामा पल दोहोरो भूमिकामा


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साउन २३ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘मोहर’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले फिल्मका शीर्ष नायक पल शाह हाबी भएको एक मिनेट १८ सेकेन्डको टिजर मंगलबार सार्वजनिक गरेको हो ।

उनीसहित नायिका वेनिशा हमाल र नीति शाहलाई पनि टिजरमा समावेश गरिएको छ । नीतिलाई ट्रेलरको अन्तिममा थोरै स्थान दिइएको छ ।

टिजरले पल फिल्ममा दोहोरो भूमिकामा रहेको स्पष्ट पारेको छ । लामो कपाल रहेको उनको भूमिका नायिका वेनिशासँग सम्बन्धित छ ।

त्यस्तै छोटो कपाल भएको भूमिकामा नायिका नीतिसँग सम्बन्धित रहेको टिजरले खुलाएको छ ।

विगतमा विशेषतः नेपालका पश्चिमी क्षेत्रमा अन्धविश्वासमा परेर मन्दिरमा देवि–देवताको सेवा गर्न कन्या चढाउने कुप्रथा थियो । ती चढाइएको कन्यालाई ‘देउकी’ भनिन्छ ।

फिल्मको कथा ‘देउकी’ कुप्रथासँग सम्बन्धित रहेको ट्रेलरले प्रष्ट पारेको छ ।

यस फिल्ममा अर्जुनजंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र मिस पवी शीर्ष भूमिकामा रहेको बताइएको छ । बाल कलाकारको भूमिकामा सारा शर्मा रहेकी छन् ।

फिल्म मेकर्स प्रालिको प्रस्तुतीमा बनेको यो फिल्मको निर्माता चुम्बनजंग शाही हुन् । ओम प्रतिकको लेखन र निर्देनमा यो फिल्म तयार भएको हो ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  २ : ५६ बजे

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

झापा– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै गएको

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली – अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार०का लागि विदेशी मुद्राको

मनसुन सक्रिय : पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ – देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६