रास्वपाका ५ बुँदे मागमा प्रतिपक्षीको छलफल सकियो, सतापक्षसँग वार्ता हुँदै « Khabarhub

रास्वपाका ५ बुँदे मागमा प्रतिपक्षीको छलफल सकियो, सतापक्षसँग वार्ता हुँदै


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


885
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका पाँच बुँदे मागबारे प्रतिपक्षी दलहरूको छलफल सकिएको छ ।

भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनु पर्ने तथा छानबिन समिति बनाउनु पर्नेसहित रास्वपाको ५ बुँदे मागमा प्रतिपक्षी दलहरूबीचमा छलफल सकिएको हो ।

भिजिट भिसा प्रकरणमा रास्वपाद्वारा कांग्रेससमक्ष प्रस्तुत ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलहरूको बैठकमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, हितराज पाण्डेसहित रास्वपाका सन्तोष परियार, नेकपा एसका राजेन्द्र पाण्डे र आम जनता पार्टीका प्रभु साहलगायत सहभागी थिए ।

उक्त छलफलपछि साझा धारणासहित सत्तारूढ दलसँग छलफल गर्ने जानकारी दिने माओवादी नेता पुनले दिएका छन् । तर उनीहरूबीच के साझा धारणा बन्यो भन्ने नेताहरूले खुलाएका छैनन् ।

अहिले सभामुख देवराज घिमिरेसहित सत्तारूढ दलसँग प्रतिपक्षी दलले छलफल गरिरहेका छन् । सभामुख घिमिरे संसद्मा रहेका दलका प्रमुख सचेतकहरूसँग पनि यसबारे छलफल गर्दैछन् ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  २ : २७ बजे

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

काठमाडौँ – प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

बढी धुवाँ फाल्ने ३७ सवारीसाधन कारबाहीमा

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले बढी धुवाँ

अमेरिकी डलर १५२ नाघ्यो : शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ –  आज २०८३ साल वैशाख १८ गते शुक्रबार। वैशाख

आज २०८३ साल वैशाख १८ गते शुक्रबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख १८ गते शुक्रबार। वैशाख