बीबीसीले सिद्धू मुसेवालाको ‘डकुमेन्ट्री’ सार्वजनिक गरेपछि ‘पिता’को आक्रोश « Khabarhub

बीबीसीले सिद्धू मुसेवालाको ‘डकुमेन्ट्री’ सार्वजनिक गरेपछि ‘पिता’को आक्रोश


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पञ्जाबी गायक सिद्धु मुसेवालाको जीवन र हत्यामा आधारित डकुमेन्ट्री ‘द किलिङ कल’ बीबीसी युट्युबमा सार्वजनिक भएको छ ।

बीबीसीको आधिकारिक युट्युटब च्यानल ‘बीबीसी वर्ल्ड सर्भिस’ले सिद्धुको जन्म दिन पारेर बुधबार डकुमेन्ट्री सार्वजनिक गरेको हो । बीबीसीले डकुमेन्ट्रीलाई दुई भागमा तयार पारेको छ ।

डकुमेन्ट्री सार्वजनिक भएपछि सिद्धुका पिता बलकौर सिंहले असन्तुष्टि जनाएका छन् । परिवारको अनुमति बिना डकुमेन्ट्री सार्वजनिक भएको भन्दै उनी कानुनी प्रक्रियामा गएका छन् ।

भारतीय मिडिया टाइम्स अफ इन्डियाका अनुसार बलकौरले महाराष्ट्र प्रहरीले र सम्बन्धित निकायमा डकुमेन्ट्री प्रदर्शन रोक्न माग गर्दै उजुरी दर्ता गरेका छन् ।

बीबीसीले ‘अनधिकृत र संवेदनशील विषयको दुरुपयोग’ र ‘पारिवारिक गोपनीयता तथा मृतकको सम्मान विपरीत’ काम गरेको बलकौरको आरोप छ ।

परिवारसँग डकुमेन्ट्री निर्माण र प्रदर्शनको अनुमति नलिएको बलकौरको दाबी रहेको समाचार टाइम्स अफ इन्डियाले प्रकाशन गरेको छ ।

बलकौरले प्रदर्शन रोक्न माग गर्दै पञ्जाबस्थित जिल्ला अदालत मंसामा मुद्दा दर्ता गराएका छन् । जुन १२ अर्थात बिहीबार यस मुद्दाको सुनुवाइ तोकिएको छ ।

यस डकुमेन्ट्रीमा उनको हत्यामा संलग्न गोल्डी ब्रारको पनि अनर्वार्ता समावेश गरिएको बताइएको छ । उक्त अन्तर्वार्तालाई यो डकुमेन्ट्रीको रोचक खुराकको रुपमा चर्चा गरिएको छ ।

सिद्धु हत्या सन् २०२० मा भएको थियो । यस हत्याको जिम्मेवारी भारतको कुख्यात अपधारिक ग्याङ ’बिस्नोइ’ले लिएको छ ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ५ : ०७ बजे

काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० प्रतिशतले बढ्ने प्रक्षेपण

काभ्रेपलाञ्चोक– यसवर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादनमा १० देखि १५ प्रतिशतसम्म बढ्न सक्ने

मुन्धुम ट्रेललाई खेल पर्यटनसँग जोड्ने मगेन्द्रको अठोट

काठमाडौं– मगेन्द्र राई भोजपुरमा जन्मिए, पढे, बढे । ओस्याइलो भूगोल,

बर्दिया घटनाबारे गृहको चासो : सत्य तथ्य छानबिन गर्न समिति गठन 

काठमाडौं– गृह मन्त्रालयले बर्दियाको बढैयाताल-४ की एक युवतीले नागरिकता नपाएर

निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येय : सञ्चारमन्त्री खरेल

पाटन–  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले  सुशासनमार्फत भ्रष्टाचारको अन्त्य  र

समाजमा महिलामाथि हुने अदृश्य हिंसा अझै उस्तै : न्यायाधीश सपना मल्ल 

काठमाडौं– प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश