संवैधानिक निकायका ५२ पदाधिकारीबारे निर्णय असार १८ मा सुनाइने « Khabarhub

संवैधानिक निकायका ५२ पदाधिकारीबारे निर्णय असार १८ मा सुनाइने


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले संवैधानिक आयोगमा नियुक्ति पाएका ५२ जना पदाधिकारीबारे सुनाउने तयारी गरेको निर्णय सरेको छ ।

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र चार जना न्यायाधीशबीचको छलफल नसकिएको भन्दै निर्णय नसुनाइएको हो । सर्वोच्चले अब आगामी असार १८ गते निर्णय सुनाउने बताइएको छ । 

यसअघि बुधबार नै अन्तिम निर्णय सुनाउने भन्दै प्रधान न्यायाधीश राउत, न्यायाधीशहरू कुमार चुडाल, नहकुल सुवेदी, सपना प्रधान मल्ल र मनोजकुमार शर्मा छलफलमा जुटेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो पटक सरकारको नेतृत्व गरिरहँदा २०७७ मंसिर ३० को संवैधानिक परिषद् बैठकमार्फत् विभिन्न संवैधानिक आयोगहरूमा रिक्त रहेका पदहरूमा पदाधिकारी नियुक्तिका लागि सिफारिश गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री ओलीले अध्यादेशबाट संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरेर संवैधानिक परिषद्बाट भएको सिफारिसअनुसार शीतल निवासले पहिलो चरणमा ३२ जना र दोस्रो चरणमा २० गरी ५२ जनालाई नियुक्त गरेको थियो ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ५ : २१ बजे

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती

विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल