दक्षिण अफ्रिकामा बाढीका कारण नौ जनाको मृत्यु « Khabarhub

दक्षिण अफ्रिकामा बाढीका कारण नौ जनाको मृत्यु


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । बाढीले एउटा स्कूल बस बगाएपछि हराइरहेका बालबालिकाको खोजी उद्धारकर्मीले गरिरहेका छन् ।

भारी वर्षा, हिमपात र चिसो हावाहुरीका कारण पूर्वी केप प्रान्तका क्षेत्रहरू प्रभावित भएका छन् र देशका अधिकांश भागमा गत हप्तादेखि नै व्यापक जाडो महसुस भएको थियो । 

ओआर ताम्बो जिल्लामा मुसलधारे वर्षाका कारण आएको बाढीका कारण नौ जनाको मृत्यु भएको स्थानीय सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बाढीले बगाएर ल्याएको मिनीबसमा सवार बालबालिकाको खोजी कार्य बुधबार जारी रहेको बताइएको छ ।

पूर्वी केप प्रान्तीय सरकारका प्रवक्ता खुसेल्वा रान्टजीले एएफपीसँग कुरा गर्दै बसमा कति जना बालबालिका वा वयस्क थिए भन्ने पुष्टि गर्न नसकिएको बताए। 

दक्षिण अफ्रिकी टिभी स्टेसन न्यूजरुम अफ्रिकाले घटनास्थल नजिकै रहेका एक रिपोर्टरसँग कुरा गर्दै बुधबार दिउँसो १० जनाको शव फेला परेको जनाएको छ । विभिन्न पत्रपत्रिका र अनलाइनहरूले बसको क्षमता २२ जनासम्म यात्रु बोक्न सक्ने रहेको बताएका छन् ।

दुर्घटनामा परेका तीन जना बालबालिकालाई पानीको बहावबाट बच्नका लागि घण्टौंसम्म रुखमा बिताएपछि उद्धार गरिएको थियो ।
 

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ७ : ३१ बजे

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा