डोटी र डडेल्धुराका केही भूभागमा भारी वर्षा, सतर्कता अपनाउन अपिल « Khabarhub

डोटी र डडेल्धुराका केही भूभागमा भारी वर्षा, सतर्कता अपनाउन अपिल


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पछिल्लो १–३ घण्टामा डोटीको पश्चिम सेती, दिपायल डोटी र डडेल्धुराको साहुखर्क वर्षामापन केन्द्रहरू र आसपासमा मध्यमदेखि भारी वर्षा भएको जनाएको छ ।

महाशाखाले उक्त क्षेत्र भई बहने ससाना खोलाहरूमा आकस्मिक बाढी समेत आउन सक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले दिउँसोसम्मै आवश्यक सतर्कता अपनाउन अपिल गरेको छ ।

यस्तै, महाशाखाले नवलपरासी पश्चिमको देउराली नवल, चितवनको शक्तिखोर र पाल्पाको बलड्याङगढी क्षेत्रका खोला तथा नदीमा आकस्मिक रूपमा बाढी आउने सम्भावना देखिएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै कोशी प्रदेशमा मनसुनी वायुको समेत प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षा हुनलाई हल्का वर्षा भनिन्छ । यस्तै, १० देखि ५० मिलिमिटरसम्म मध्यम, ५० देखि १०० मिलिमिटरसम्म भारी वर्षा, १०० देखि २०० मिलिमिटरसम्म धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथिको वर्षालाई अति भारी वर्षाको रुपमा लिने गरिन्छ । 

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ९ : १७ बजे

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज