डोटी र डडेल्धुराका केही भूभागमा भारी वर्षा, सतर्कता अपनाउन अपिल | Khabarhub Khabarhub

डोटी र डडेल्धुराका केही भूभागमा भारी वर्षा, सतर्कता अपनाउन अपिल


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पछिल्लो १–३ घण्टामा डोटीको पश्चिम सेती, दिपायल डोटी र डडेल्धुराको साहुखर्क वर्षामापन केन्द्रहरू र आसपासमा मध्यमदेखि भारी वर्षा भएको जनाएको छ ।

महाशाखाले उक्त क्षेत्र भई बहने ससाना खोलाहरूमा आकस्मिक बाढी समेत आउन सक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले दिउँसोसम्मै आवश्यक सतर्कता अपनाउन अपिल गरेको छ ।

यस्तै, महाशाखाले नवलपरासी पश्चिमको देउराली नवल, चितवनको शक्तिखोर र पाल्पाको बलड्याङगढी क्षेत्रका खोला तथा नदीमा आकस्मिक रूपमा बाढी आउने सम्भावना देखिएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै कोशी प्रदेशमा मनसुनी वायुको समेत प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षा हुनलाई हल्का वर्षा भनिन्छ । यस्तै, १० देखि ५० मिलिमिटरसम्म मध्यम, ५० देखि १०० मिलिमिटरसम्म भारी वर्षा, १०० देखि २०० मिलिमिटरसम्म धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथिको वर्षालाई अति भारी वर्षाको रुपमा लिने गरिन्छ । 

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ९ : १७ बजे

इजरायलमा इरानले गर्‍यो बालिस्टिक मिसाइल प्रहार

इरान – इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल जेठ ३१ गते शनिबार। असार

आज २०८२ साल जेठ ३१ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ ३१ गते शनिबार। असार

पार्टीले समाजवादी क्रान्तिका लागि बलियो सैद्धान्तिक आधार तयार गरेको छ : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री