अहमदावादमा विमान दुर्घटनापछि बोइङको शेयरमा पहिरो | Khabarhub Khabarhub

अहमदावादमा विमान दुर्घटनापछि बोइङको शेयरमा पहिरो


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको अहमदावादमा एअर इण्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान दुर्घटनामा परेपछि बोइङको शेयर ओरालो लागेको छ । बिहीबार प्रिमार्केट कारोबारमा बोइङको शेयर १८ अंक अर्थात् ८.४१ प्रतिशत ओरालो लागेको हो ।

बिहीबार अहमदावादस्थित सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायतको राजधानी लण्डनस्थित गट्विक विमानस्थलका लागि उडेको विमान दुर्घटनामा परेकाे थियो । विमानमा २ सय ४२ जना सवार रहेको जनाइएको छ ।

यसअघि पनि बोइङको जहाजमा अपनाइएको सुरक्षा व्यवस्था र गुणस्तरलाई लिएर प्रश्न उठ्दै आएको थियो ।

विशेषगरी अमेरिका बाहिरबाट पार्टपूर्जा लगेर जडान गरिँदा अर्डर अनुसार आपूर्तिमा पनि समस्या भएको थियो । त्यसो हुनुमा प्राविधिक कारण भनिएको थियो ।

यस विमानका विभिन्न भागमा गुणस्तरको कमी देखिएको थियो । जसका कारण यसअघि नै बोइङको यस विमानलाई लिएर सुरक्षा चिन्ताहरू उत्पन्न भएका थिए।

नियामक निकायहरूले पहिले नै सुरक्षा समस्या देखाएका थिए । नियामक निकायहरूले यस विमानमाथि अनुसन्धानसमेत गरेका थिए । उनीहरूले बोइङका उत्पादनप्रति प्रश्न पनि उठाएका थिए।

यही विवादका कारण बोइङलाई ठूलो क्षति पुगेको थियो ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ४ : ०० बजे

प्रहरीले नै अपहरण गरेर फिरौती मागेपछि…

काठमाडौं– तीन जना प्रहरीले दुई जनालाई अपहरण गरी फिरौती मागेको

बैठकमा नेतृत्वको विकल्पबारे कुरा उठेको छैनः अग्नि सापकोटा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकमा

पृथ्वीमानले पुर्‍याएको योगदान महत्त्वपूर्ण छ : सभापति देउवा

चितवन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व पृथ्वीमान गुरुङले पार्टीमा

तनहुँमा बस भिरमा खस्नुअघि ढोकाबाट हामफालेका थिए आठ यात्रु

तनहुँ- गोरखाबाट चितवनको नारायणगढ गइरहेको बस आइतबार दिउँसो तनहुँको ऐनापहराबाट खस्दै