आज २०८२ साल जेठ ३० गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल जेठ ३० गते शुक्रबारको राशिफल


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ ३० गते शुक्रबार। असार कृष्ण पक्षको द्वितिया तिथि। तदनुसार सन् २०२५ जुन १३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। लामो यात्रा सफल हुनेछ। भाग्यले साथ दिनेछ। राजनीतिक क्षेत्रमा सोचेको काम बन्नेछ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ।

वृष : स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने दिन छ। राजनीतिक क्षेत्रमा विपक्षी शक्तिशाली भएकाले सचेत बन्नुपर्छ। दाम्पत्य जीवन सुखमय बित्नेछ। शिक्षामा प्रगति हुनेछ।

मिथुन : दिन राम्रो छ। व्यापारमा लाभ हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। पर्यटन क्षेत्रको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

कर्कट : दिन सामान्य राम्रो छ। तपाईंमाथि पारिवारिक जिम्मेवारी थपिने छ। राजनीतिमा फाइदा हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ला।

सिंह : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्ने छ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ। रचनात्मक काम र कलाकारिताको क्षेत्रमा मन आकर्षि हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

कन्या : दिन सामान्य छ। मन निराश बन्नेछ। पारिवारिक कारणले मनमा चिन्ता थपिने छ। कम बोल्नु राम्रो हुनेछ। रिस उठिहाले पनि शान्त बन्नुपर्ने दिन छ।

तुला : आफन्तको सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। उपचारमा भए रोग पहिचान हुनेछ। परिवारको साथले तपाईंलाई उत्साहित बनाउने छ।

वृश्चिक : उदयमान चन्द्रमा तपाईंको राशिमा पुगेकाले सम्पत्ति आर्जन हुनेछ। प्राविधिक शिक्षामा गरेको कार्यबाट सफलता मिल्नेछ। परिवार भित्र पनि गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।

धनु : तपाईंकै राशिमा चन्द्रमा रहेकाले मन शान्त रहनेछ। साथीको सहयोगमा महत्त्वपूर्ण काम बन्नेछ। दाम्पत्य जीवनमा सुख मिल्नेछ। राम्रो भएर घुम्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मकर : गलत ठाउँमा आज तपाईंको धन र ऊर्जा खर्च हुनेछ। राजनीतिमा विरोधीले गलत आरोप लगाउने छन्। स्वास्थ्यको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारमा गोपनीयता भंग नगर्नु उचित होला।

कुम्भ : दिन सामान्य राम्रो छ। आफन्तसँगको भेटले मनमा सन्तुष्टि मिल्नेछ। इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने दिन छ। अन्त्य साढेसातीको प्रभावले मन अशान्त बन्ने जोखिम हुन्छ।

मीन : आफ्नो भाग्यको फैसला आफैंले गर्नुपर्ने समय आएको छ। एकपछि अर्को पारिवारिक बोझले सताउने छ। स्वास्थ्यको क्षेत्रमा लाभ हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ५ : ०७ बजे

आज २०८२ साल चैत २१ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २१ गते शनिबार वैशाख

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने