गृहमन्त्रीको आरोप- मेराविरुद्ध रास्वपा कार्यालयमा नक्कली पीडित खडा गरेर उजुरी हालियो | Khabarhub Khabarhub

गृहमन्त्रीको आरोप- मेराविरुद्ध रास्वपा कार्यालयमा नक्कली पीडित खडा गरेर उजुरी हालियो


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा नक्कली पीडित खडा गरेर किर्ते जाहेरी हालिएको आरोप लगाएका छन् ।

आफूविरुद्ध शुक्रबार पनि रास्वपाले संसद्मा विरोध गरिरहेपछि उनले त्यस्तालाई कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोधका बावजुदत संसद्को रोष्ट्रममा उभिएर जवाफ दिएका लेखकले यस्तो दाबी गरेका हुन् ।

आफ्नो राजनीतिक जीवन सधैँ पारदर्शी रहेको बताउँदै उनले कहिल्यै गलत काम नगरेको दाबी पनि गरे ।

तर, अहिले यो प्रकरणमा आफूलाई राजनीतिक पूवाग्रह साँधी षड्यन्त्र गरेर गलत आरोप लगाइएको उनले बताए ।

उनले रास्वपाको नाम नलिई आफूविरुद्ध पार्टी कार्यालयमा नक्कली पीडित खडा गरेर किर्ते उजुरी दिने षड्यन्त्र गरिएको सूचना पाएको बताए । उनले त्यसमा संलग्नहरुलाई कारबाही गर्ने चेतावनी पनि संसद्‍बाट दिएका छन् ।

रास्वपाका सांसद मनिष झाले यस प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता रहेको प्रमाण रहेको दाबी शुक्रबारको संसद् बैठकमै गरेका थिए ।

उनले आफूहरूको आन्दोलन जारी रहेको पनि बताएका थिए । गृहमन्त्रीले जवाफ दिँदै गर्दा रास्वपाका सांसदहरू भने वेल घेराउमा उत्रिए ।

रास्वपा र राप्रपाको अवरोध र नाराबाजीबीच सभामुख देवराज घिमिरेले सदनको कारबाही अघि बढाए।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको सांसद पद निलम्बनमा परेको सूचना पनि सभामुखले सुनाए ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ७ : ४९ बजे

थारु समुदायमा घोर्वा पूजा

कञ्चनपुर- थारु समुदायमा दशैं पर्वको विशेष अवसरमा घोर्वा माटोको घोडा

चर्खे पिङ संरक्षणमा तनहुँका स्थानीय

दमौली- तनहुँको भानु नगरपालिका–४ टारका स्थानीय चर्खे पिङ संरक्षणमा जुटेका

ब्रम्हायणी मन्दिरमा महिषासुर राक्षसको प्रतीक खःमेय जात्रा

भक्तपुर- महानवमीको दिन आज साँझ भक्तपुरमा महिषासुर राक्षसलाई मारेर मनाईने

क्यानले भन्यो- सन्दीपलाई वेस्ट इन्डिजसँगको अन्तिम दुई खेलमा निलम्बन गरियो

काठमाडौं- नेपाल क्रिकेट सङ्घ क्यानले पूर्वकप्तान सन्दीप लामिछानेलाई वेस्ट इन्डिजसँगको

राष्ट्रपति ट्रम्पद्वारा देशभित्रै आक्रमण हुने चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार (स्थानीय समय) देशभित्रै ‘आक्रमण’