असार १५ सम्म शिक्षा ऐन पारित गर्ने सरकारको तयारी « Khabarhub

असार १५ सम्म शिक्षा ऐन पारित गर्ने सरकारको तयारी


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले असार १५ गतेसम्म विद्यालय शिक्षा सम्बन्धी ऐनलाई प्रतिनिधिसभाबाट पारित गर्ने प्रयत्न भइरहेको बताएका छन् । 

शनिबार आयोजित सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टतासम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले असार १५ गतेसम्म ऐन पारित गर्ने गरी सरकार अघि बढिरहेको बताएका हुन् ।  

‘असार १५ गतेसम्ममा विद्यालय शिक्षासम्बन्धी ऐनलाई हामीले प्रतिनिधिसभाबाट सकेसम्म पारित गरौँ भन्ने मेरो प्रयत्न छ,’ शिक्षामन्त्री पन्तले भने । शिक्षामन्त्री पन्तले १२ कक्षा पास हुने बित्तिकै विद्यार्थीलाई देश बाहिर पठाउनु नहुनेमा पनि जोड दिए । 

‘साँच्चै भन्नुहुन्छ भने मेरो मनमा लागेको कुरा के हो भने एउटा राष्ट्रिय बहस होस्, प्लस टु पास गरेको विद्यार्थीलाई कुनै पनि हालतमा देश बाहिर पठाउनु हुँदैन,’ पन्तले भने । 

कतिपय कन्सलटेन्सीहरूले १० देखि १५ लाख रुपैयाँ लिएर कोरिया जानासाथ लाख रुपैयाँको जागिर पाइन्छ भनेर विद्यार्थी पठाउने गरेको भन्दै उनले आपत्ति जनाए ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  १ : ०९ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल