आज २०८२ साल असार १ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल असार १ गते आइतबारको राशिफल


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार १ गते आइतबार। असार कृष्ण पक्षको चौथी तिथि। तदनुसार सन् २०२५ जुन १५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। परिवारको साथ मिल्नेछ। व्यापारमा फाइदा हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। भाग्यको स्थानमा चन्द्रमा रहेकाले अभिभावकको आज्ञा लिएर अगाडि बढ्दा फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय बन्ने छ।

वृष : शिक्षाको क्षेत्रमा प्रगति हुने दिन छ। सम्पत्ति आर्जनको बाटो खुल्ने छ। राजनीतिबाट जोगिएर काम गर्नुपर्ने छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने जोखिम हुने खतरा छ। गुरुको साथ मिल्नेछ।

मिथुन : तपाईंको बोलीको प्रभावले आज राम्रो काम बन्ने छ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। उपचारमा भए स्वास्थ्य लाभ हुनेछ। खानपानमा समस्या हुनेछ।

कर्कट : दिन राम्रो छ। इज्ज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने दिन छ। साथीको साथले राजनीतिमा प्रगति हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंह : कामको बोझ थपिने जोखिम छ। परिवारले तपाईंको कुरा नबुझ्दा खटपटी बढ्नेछ। शिक्षाका क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। राजनीति नगर्नु राम्रो हुन्छ।

कन्या : दिन राम्रो छ। सोचेको काम बन्नेछ। विपक्षी साथीले तपाईंको पक्षमा बोल्ने छन्। परिवारमा खटपटी बढ्नेछ। प्रेम सम्बन्धमा उतार चढाव आइपर्ने जोखिम रहेको छ।

तुला : परिवारको बोझले तपाईंलाई सताउने जोखिम छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ। धैर्य भएर काम गर्नु पर्ने दिन छ। बाहिरका साथीको प्रशंसा सुन्न पाइने दिन हो। काम गर्दा बुद्धिको प्रयोग गर्नु राम्रो हुन्छ।

वृश्चिक : दिन सामान्य राम्रो छ। व्यापारको लगानीबाट फाइदा हुनेछ। आफ्नो ख्याल नगर्दा पुरानो रोगले सताउने भएकाले सचेत बन्नुपर्ने छ। बौद्धिक क्षेत्रमा टकराब हुने भएकाले कम बोल्नु राम्रो हुन्छ।

धनु : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। स्वास्थ्यले साथ दिनेछ। मन शान्त र प्रशन्न हुने छ। शिक्षामा सोचेको भन्दा राम्रो नतिजा प्राप्त होला। परिवारको सल्लाह लिएर अगाडि बढेमा फाइदा हुनेछ।

मकर : उदयमान चन्द्रमा तपाईंको राशिमा पुगेकाले गुरुको साथ मिल्ने छ। लगानी गर्ने हिम्मत गरेमा व्यापारमा फाइदा हुनेछ। विपक्षी बौद्धिक भएकाले सचेत भएर अगाडि बढ्नु उचित हुन्छ।

कुम्भ : तपाईंलाई अन्त्य साढे सातीको दशा चल्दै छ। अनावश्यक खर्च बढ्नेछ। व्यापार गर्नु भन्दा शिक्षाको क्षेत्रमा मिहिनेत गर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन राम्रो छ। आम्दानी बढ्नेछ। सम्पत्तिका स्रोत भेटिने योग छ। बोल्नु अगाडि सोच्नु राम्रो हुन्छ। मध्य शनिदेव भएकाले धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा फाइदा होला।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ५ : ०४ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने