मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दार चौधरीको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दार चौधरीको मृत्यु


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल  दुर्घटना हुँदा प्रहरी सहायक हबल्दार जितेन्द्र चौधरीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका– ७ डाँसमोरङ्गी पुल नजिकैको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बेलबारी नगरपालिका– ४ घर भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवल्दार चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहन विक्रम दाहालले जानकारी दिए ।

शनिबार राति पथरीबाट कानेपोखरीतर्फ जाँदै गरेको प्र१–०२–०४३प २४७१ नम्बरको मोटरसाइकलमा श्रीमती र छोरीलाई लिएर घर फर्कने क्रममा दुर्घटना भएको थियो ।

दुर्घटनामा चौधरीकी श्रीमती विमला धिमाल र दुई वर्षीया छोरी जेसन घाइते भएका छन् । विमलाको कान र खुट्टामा चोट लागेको छ भने छोरीको टाउकोमा चोट लागेको छ ।

उनीहरू दुवैको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ । विमला जितेन्द्रसँगै प्रहरी चौकी जमुनामा कार्यरत प्रहरी जवान हुन् ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ८ : २६ बजे

आईपीएल: रोमाञ्चक भिडन्तमा पञ्जाब पराजित, दिल्ली ३ विकेटले विजयी

नयाँ दिल्ली – माधव तिवारीको उत्कृष्ट अलराउन्ड प्रदर्शनको मद्दतले दिल्ली

बालेन सरकारले नदीलाई सभ्यता, संस्कृतिका आधारमा संरक्षण गर्ने

काठमाडौँ – सरकारले नेपालका नदीलाई सभ्यता, संस्कृति, जैविक विविधता र

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख २९ गते मंगलबार। जेठ

आज २०८३ साल वैशाख २९ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख २९ गते मंगलबार। जेठ