व्यावसायिक सुन्तलाखेतीमा जुट्दै भोजपुर पालुवाका किसान | Khabarhub Khabarhub

व्यावसायिक सुन्तलाखेतीमा जुट्दै भोजपुर पालुवाका किसान


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुर नगरपालिका–६ पालुवाका किसान व्यावसायिक सुन्तलाखेतीमा जुटेका छन् । एक पटक खेती विस्तार गरेपछि वर्षौँ आम्दानी लिन सकिने भएकाले किसान सुन्तलाखेतीमा आकर्षित भएका हुन् । 

यस क्षेत्र अधिकांश किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएको स्थानीय किसान प्रदीप तामाङले बताए  । हाल किसानले पुराना बगानको संरक्षणसँगै नयाँ  बिरुवा धमाधम विस्तार गरिरहेको उनी बताउँछन् ।

‘हाम्रो क्षेत्रका धेरै किसानले व्यावसायिक रूपमा सुन्तलाखेती गरिरहेका छन्’, उनले भने, ‘सुन्तलालाई एक पटक विस्तार गरेपछि सामान्य हेरचाह गरेपछि लामो समयसम्म  आम्दानी लिन सकिन्छ । अन्य बालीको तुलनामा सुन्तलालाई बाँदरले कम नोक्सान गर्ने भएकाले पनि किसानले सुन्तलाको व्यावसायिक खेती रोजेको देखिन्छ ।’

वडा कार्यालयले सुन्तलाखेतीमा लाग्ने किसानलाई बिरुवा वितरणसँगै प्राविधिक सहयोग गर्दै आएको उनको भनाइ छ । यहाँको भङ्गेरी तथा पालुवा  सुक्खा क्षेत्र भए पनि वडाले सिँचाइका लागि आवश्यक सहयोग गरेपछि किसानलाई सहजता भएको उनको भनाइ छ । सिँचाइका लागि वडाले कुलो निर्माण, प्लाष्टिक पोखरी, पाइप वितरणलगायत काम गरिरहेको उनले जानकारी दिए ।

भोजपुर –६ मा कृषि तथा फलफूलखेतीका लागि उपयुक्त भूगोल रहेकाले वडाले सुन्तलासँगै कृषि क्षेत्रको विकासमा जोड दिएको वडाध्यक्ष शैलेन्द्र कार्कीले बताए । यहाँ देखिएका कृषि क्षेत्रका समस्यालाई ध्यानमा राख्दै खेती विस्तारका लागि आवश्यक सहयोग गर्दै आएको वडाध्यक्ष कार्कीको भनाइ छ । 

खेती प्रणालीका लागि मुख्य रूपमा सिँचाइको समस्या रहेकाले वडाले कुलो, प्लाष्टिक पोखरी निर्माण तथा किसानका आवश्यकताका आधारमा पाइप वितरण गर्दै आएको उनले बताए । मेहनत गरे यहाँ नै  किसानले व्यावसायिक कृषि गरेर जीविकोपार्जन गर्ने वातावरण रहेको उनले बताए ।

‘कृषि क्षेत्रको विकासका लागि हामीले विभिन्न किसान लक्षित कार्यक्रम सञ्चालन गरिरहेका छौँ’, उनले भने, ‘यो सदरमुकामसँग जोडिएको वडा हो । किसानले उत्पादन गरेका कृषि उपजको बेचबिखनका लागि सहजता छ । किसानलाई व्यावसायिक योजनाका आधारमा सहयोग गर्दै आएका छौँ । खास गरेर हामीले यहाँ माटो र भूगोल सुहाउँदो खेती प्रणालीमा ध्यान दिएका छौँ ।’ रासस
 

प्रकाशित मिति : १ असार २०८२, आइतबार  १२ : ५२ बजे

नेपालको लिपुलेकमा आँखा, तर आठ क्षेत्रमा भिड्दै भारत-चीन

काठमाडौं– चीनका विदेशमन्त्री वाङ यीले भारत भ्रमणका क्रममा नेपालको भूमि

सन्तानले असल संकार नपाउँदा वृद्धाश्रमको बास !

काठमाडौं– काठमाडौं नक्सालका ७२ वर्षीय मंगलदास महर्जन ‘बुवाको मुख हेर्ने’

धापासी लाम्पाखामा पहिरो, सडक पूर्ण रूपमा बन्द (तस्बिरहरू) 

काठमाडौं– शुक्रबारको अविरल वर्षाका कारण टोखा नगरपालिका ४ धापासी लाम्पाखा

न्यूयोर्कमा पर्यटक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

एजेन्सी – न्यूयोर्क राज्यको एक राजमार्गमा शुक्रबार पर्यटक बोकेको बस

वीरगञ्ज नाकाबाट हुने आयात र निर्यात दुवै बढ्यो

वीरगञ्ज– चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगञ्ज नाकाबाट ६८