पुराना र नयाँ कलाकार लिएर फिल्म ‘किन लाग्छ माया’ बनाउने घोषणा « Khabarhub

पुराना र नयाँ कलाकार लिएर फिल्म ‘किन लाग्छ माया’ बनाउने घोषणा


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक कुवेर तामाङको निर्देशनमा फिल्म ‘किन लाग्छ माया’ निर्माण घोषणा भएको छ । निर्माण पक्षले आइतबार पुराना र नयाँ कलाकारलाई लिएर फिल्म बनाउने घोषणा गरेको हो ।

फिल्ममा पुराना कलाकारहरु नायक धिरन साक्य र खलनायक राजेन्द्र खड्की शीर्र्ष भूमिकामा रहेने बताइको छ । त्यस्तै फिल्ममा अहिलेका उदयीमान कलाकारहरु जानबी बस्नेत र मिस पबीको पनि अभिनय रहने बताइएको छ ।

दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेका मेघ सुबेदी यस फिल्मकफ शीर्ष नायक रहेको बताइएको छ ।

उनीहरुसहित सन्जीत भण्डारी, रिचा थापा, हिउवाला गौतम, सबिन बास्तोला र रवि डंगोललगायतका कलाकारहरुको अभिनय रहने पक्का भइसकेको निर्माण पक्षले जनाएको छ ।

राजेन्द्र खड्की दोहोरो जिम्मेवारीमा रहेको बताइएको छ । उनी यस फिल्ममा एक्सन निर्देशकसमेत हुन् ।

एस एन्ड एस प्रोडक्सनको ब्यानरमा बन्ने यस फिल्मको छायाङ्कन असार पहिलो साताबाट सुरु हुने बताइएको छ । निर्माण पक्षका अनुसार काठमाडौं, पोखरा, चितवन, पूर्वी नवलपरासी र मुस्ताङमा यसको छायाङ्कन हुनेछ ।

दाजु(भाइको सम्बन्ध, एक अर्काप्रतिको जिम्मेवारी र त्यागको कथा यो फिल्म बन्ने बताइएको छ ।

यो फिल्मको कथा स्याडो रियरको हो भने रामकाजी घिमिरेको पटकथा तथा संवाद लेखेका हुन् । निर्माता भने मोनु खड्का हुन् ।

‘किन लाग्छ माया’ शीर्षकमा यसअघि नै फिल्म बनेको थियो । उक्त फिल्म सन् २०१० मा प्रदर्शनमा आएको थियो ।

गोपाल चन्द्र लामिछानेको निर्देशनमा बनेको उक्तमा फिल्ममा नायकहरु निखिल उप्रेती, राजबल्लभ कोइराला, नायिकाहरु झरना थापा र गरिमा पन्त शीर्ष भूमिकामा थिए ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  २ : ५५ बजे

प्रदेश बजेटमा कञ्चनपुरको खेलकुद : मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३-८४ को बजेटमा कञ्चनपुरको

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले लमजुङ-मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ

‘हाइड्रो हब’ बन्दै अन्नपूर्ण : जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य