संघीय निजामती विधेयक आजै प्रतिनिधिसभामा पेस हुन्छ : रामहरि खतिवडा | Khabarhub Khabarhub

संघीय निजामती विधेयक आजै प्रतिनिधिसभामा पेस हुन्छ : रामहरि खतिवडा


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभा बैठकमा आजै पेस गर्ने तयारी रहेको बताएका छन् ।

लोक सेवा आयोगको ७५औँ वार्षिकोत्सव एवं हीरक जयन्तीका अवसरमा आज आयोजित समारोहमा उनले संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन संसद् बैठकमा पेस गर्ने जानकारी गराएका हुन् ।

सभापति खतिवडाले नेपालमा प्रजातन्त्रको स्थापनासँगै विधिको शासन र योग्यतामा आधारित कर्मचारीको व्यवस्थापन गर्न लोक सेवा आयोगको स्थापना भएको बताउँदै आयोगका कामकारबाही अहिलेका पुस्ताका लागि पनि प्रेरणादायी भएका उल्लेख गरे ।

आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगको इतिहास र कामकारबाहीका बारेमा जानकारी गराउँदै आयोगले योग्यता, निष्पक्षता र स्वच्छतामार्फत कर्मचारी छनोट गर्दै आएको बताए । 

उनले आयोगले निजामती कर्मचारीका साथै पछिल्लो समय सुरक्षा निकाय र सङ्गठित संस्थाका लागि भर्ना प्रक्रियाका काम गर्दै आएको भन्दै कार्य क्षेत्राधिकार वृद्धिसँगै आधुनिक प्रविधिको प्रयोगलाई विस्तार गरेको उल्लेख गरे ।

आयोगका सदस्य दिनेश सिलवालले धन्यवाद ज्ञापन गर्दै आयोगले आफ्नो विश्वसनीयता सधैँ कायम राखिराख्न आफ्ना योजना र कामकारबाहीलाई समयानुकूल परिमार्जन गर्दै आएको उल्लेख गरे ।

आयोगका सचिव किरणराज शर्माले स्वागत गर्दै आयोगले योग्यता, निष्पक्षता र स्वच्छतामार्फत जनमानसमा विश्वासको पर्यायवाची बनेको उल्लेख गरे ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ३ : ५४ बजे

सडक सञ्जालमा जोडियो ढोरपाटन

म्याग्दी- म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको

सन्तानको हुटहुटीले ‘डिभोर्सी’ जोडीको पुनर्मिलन !

छुटिएको एक जोडी पति पत्नीको सम्बन्ध पुनः कायम होस् भनेर

सातवटै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

काठमाडौं– देशका सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२–०८३ को वार्षिक

सुरक्षित स्थानमा जान इजरायली नागरिकलाई इरानी सैन्य अधिकारीको चेतावनी

इरान – आफ्ना धेरै नागरिकले राजधानी तेहरान छाडेका दृश्य सार्वजनिक

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेहको परीक्षण

सिरहा– सिरहाको लहान नगरपालिकाले नगरवासीको घरघरमै स्वास्थ्यकर्मी पठाएर उच्च रक्तचाप