सभामुखले सदनको अभिभावकत्व निर्वाह गर्न सकेनन्, पेलेरै लाने व्यवहार देखाए : रास्वपा « Khabarhub

सभामुखले सदनको अभिभावकत्व निर्वाह गर्न सकेनन्, पेलेरै लाने व्यवहार देखाए : रास्वपा


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रास्वपाका सांसद मनिष झाले आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुखले आफूहरूलाई बोल्न नदिएको बताएका छन् ।  

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै झाले बिहान सभामुखसंग भएको छलफलमा पहिला आन्दोलनरत दल रास्वपालाई बोल्ने दिने र अन्य प्रक्रिया अघि बढाउने सहमति भए पनि त्यस विपरीत सभामुखले आफूहरूलाई बोल्न नदिएको बताएका हुन् । 

झाले सभामुखले सदनको अभिभावकत्व निर्वाह गर्न नसकेको र पेलेरै लाने व्यवहार देखाएको उल्लेख गरे  । प्रमुख प्रतिपक्षी दलले सत्तापक्षसंग उधारो सहमति गरेकाले आफूहरूले आन्दोलनलाई निरन्तरता दिएको उनले बताए  ।

उनले भिजिट भिसा प्रकरणको छानबिनको ठोस प्रक्रिया चालिने भनिए पनि स्पष्ट रूपमा नआएकाले सो सहमतिमा रास्वपा सामेल नभएको जिकिर गरे  ।  

झाले नियमावलीको विपरीत कांग्रेसका सांसदलाई आकस्मिक समयमा एक वर्ष पुरानो मुद्दामा बोल्न दिएको भन्दै आपत्ति समेत जनाए । 

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ४ : ४४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना