प्रतिपक्षी र सरकारबीचको विवादले बस्न सकेन कर्णाली प्रदेशसभाको बैठक | Khabarhub Khabarhub

प्रतिपक्षी र सरकारबीचको विवादले बस्न सकेन कर्णाली प्रदेशसभाको बैठक


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्ने दिन आज प्रदेशसभाको बैठक बस्न सकेको छैन । कर्णालीमा सरकार र प्रतिपक्षबीचको विवादले आज दिउँसो ३ः०० बजे बस्ने भनिएको प्रदेशसभाको बैठक बस्न नसकेको हो । 

प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले आयोजना बैङ्क नै सार्वजनिक नगरेर सरकारले बजेट ल्याएका कारण विवाद भएको र यसमा सहमति जुट्न नसकेपछि बैठक बस्न नसकेको बताए। मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रभन्दा अन्य जिल्लाको योजनासमेत आफैँले पेस गरेको पाइएको उनको भनाइ छ ।   

प्रमुख सचेतक जिसीले भने, ‘सरकारले एकलौटी तरिकाले आफूखुसी बजेट ल्याएको छ । आयोजना बैङ्कका नाममा ल्याएको यो बजेट अपारदर्शी छैन, आयोजना बैङ्कमा के–कस्ता योजना छन् भन्नेबारे समेत थाहा छैन ।’ 

प्रमुख प्रतिपक्षी दललाई थाहा नदिएर ल्याइएको बजेटले ‘अवैध र चोर बाटो’ अँगालेको मात्र नभई आग्रह–पूर्वाग्रहपूर्ण तरिकाले आफ्ना योजना मात्र समावेश गर्ने गरेको उनको आरोप छ ।

कर्णाली प्रदेशसभा सचिवालयका प्रवक्ता नेत्र खत्रीले विवाद सुल्झाउन कार्य व्यवस्था परामर्श समितिको बैठक बसे पनि प्रतिपक्षी दल र सरकारबीच सहमति हुन नसकेको जानकारी दिए । 

उनका अनुसार अब प्रतिपक्षी दल र सत्ता गठबन्धन दलका शीर्ष नेतृत्वबीचको छलफलबाट निकास निस्कने उनले विश्वास व्यक्त गरे ।
 

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ६ : ५८ बजे

महोत्तरीमा थारू संग्रहालय भवन निर्माण गरिँदै

महोत्तरी- आदिवासी थारू समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा

कसरी भयो सुनको भाउमा १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावट ?

काठमाडाैं – सुनको मूल्यमा तीव्र गिरावट आएको छ। महँगो धातुको

नेवार समुदायले यसरी मनाए म्हपूजा (तस्बिरहरू)

काठमाडाैं । नेवार समुदायको परम्परागत र मौलिक चाड रुपमा मनाइने

५० ओभर नै स्पिनर प्रयोग गर्ने पहिलो टोली बन्यो वेस्ट इन्डिज

काठमाडौं – वेस्ट इन्डिजले बंगलादेशविरुद्धको एकदिवसीय श्रृङ्खलामा नयाँ इतिहास रचेको

माल्दिभ्समा चम्किएकी कामना बिष्ट

काठमाडौँ- नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना बिष्ट माल्दिभ्समा जारी नाइबोली