आज २०८२ साल असार २ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल असार २ गते सोमबारको राशिफल


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार २ गते सोमबार। असार कृष्ण पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ जुन १६ तारिख। अन्तर्राष्ट्रिय परिवार रेमिटेन्स दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। श्रमको सम्मान हुनेछ। राज्यको तर्फबाट जिम्मेवारी प्राप्त हुनेछ। काममा हौसला प्राप्त हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

वृष : मुल त्रिकोणमा चन्द्रमा पुगेकाले तपाईंको आजको दिन सफल बन्नेछ। लामो दूरीको यात्रा फलदायी हुनेछ। व्यापारमा नाफा आर्जन गर्ने समय छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।

मिथुन : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। मन शान्त बन्ने छ। खानपानमा ख्याल नगर्दा आकस्मिक रोग बढ्ने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

कर्कट : गुम्न लागेको धन प्राप्त हुनेछ। व्यापारबाट खुशी मिल्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। सहकार्य गरेर व्यापारमा लगानी गरेको भए नाफा हुनेछ। शिक्षामा प्रगति हुने योग छ।

सिंह : रोगमाथि विजय प्राप्त गर्ने दिन छ। आफ्नो काममा सन्तुष्टि मिल्नेछ। यात्रामा खर्च बढ्ने भएकाले सचेत बन्नुपर्ने समय छ। कामको बोझ थपिने छ। परिवारमा खटपटी बढ्ने खतरा छ।

कन्या : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सफल बन्दा मन प्रशन्न बन्नेछ। रचनात्मक कलाकारितामा मन जानेछ। कलाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

तुला : मन अशान्त बन्ने जोखिम छ। परिवारमा धेरै तर्क नगर्नु उचित हुन्छ। शिक्षाको क्षेत्रमा लगानीले उचित मूल्य पाउने योग छ। पूर्वको लामो एकल यात्रा नगर्नु राम्रो हुन्छ।

वृश्चिक : आफन्तको आगमनले मन हर्षित हुनेछ। आफूले गरेका काम सफल बन्दा मनमा उत्साह थपिने छ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ।

धनु : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ। साथीको साथमा काम बन्ने छ। तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। परिवारबाट सुख र शान्ति मिल्ने योग छ।

मकर : दिन राम्रो छ। सोचेका काम बन्ने छन्। स्वास्थ्यमा सुधार हुनेछ। बौद्धिक व्यक्ति विपक्षी भएकाले कुरा गर्दा सचेत बन्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन सामान्य छ। धार्मिक व्यक्तिसँग समय बिताउनु उचित हुनेछ। राज्यको तर्फबाट भय बढ्नेछ। तपाईंको काममा परिवारको साथ र सहयोग रहने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन सामान्य राम्रो छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। सन्तानको प्रगतिले मन खुशी हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। शिक्षाको क्षेत्रमा भने मिहिनेत गर्नुपर्ने देखिन्छ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ५ : ०१ बजे

बागमती प्रदेशसभा बैठक अनिश्चित

मकवानपुर– बागमती प्रदेशसभाको रिक्त सभामुख पदमा सत्तारुढ नेपाली कांग्रेस र

एकैदिन तोलामा १७ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आजको

एमाले महाधिवेशनमा भोट माग्दै गायिका ज्योति मगर (तस्बिरहरू)

काठमाडौं- नेकपा एमालेको ११औं महाधिवेशनको निर्वाचन कार्यक्रमअनुसार मंगलबार दिउँसो ४

पुँजीगत खर्चमा सरकार सुस्त, पाँच महिनामा लक्ष्यको ८.३ प्रतिशत मात्रै प्रगति

काठमाडौं – नेपाल सरकारको महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको पछिल्लो

बहुविवाह मुद्दा – पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं– बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा (एमाले) का नेता