घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेहको परीक्षण | Khabarhub Khabarhub

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेहको परीक्षण


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको लहान नगरपालिकाले नगरवासीको घरघरमै स्वास्थ्यकर्मी पठाएर उच्च रक्तचाप र मधुमेह बिरामीको निःशुल्क परीक्षण शिविर सुरु गरेको छ ।

‘स्वास्थ्यकर्मी, नगरवासीको घर दैलोमा’ भन्ने नारासहित आइतबार वडा नम्बर १२ पडरिया टोलदेखि उक्त शिविरको सुरुवात गरिएको हो ।

समयमै रोग पहिचान भएमा उपचार गर्न सहज होस् भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको नगरप्रमुख महेश प्रसाद चौधरीले बताए । नियमित औषधी सेवन गरिरहेका बिरामीलाई शिविरमार्फत औषधी पनि वितरण गरिने नगरप्रमुख चौधरीले जानकारी दिए ।

लहान नगरपालिकामा १२ वटा स्वास्थ्य चौकी र चारवटा आधारभूत स्वास्थ्य केन्द्र छन् । त्यहाँ कार्यरत सबै स्वास्थ्यकर्मीलाई एक सातासम्म घरघरमा खटाएर ‘स्क्रिनिङ’ गरिरहेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीले बताए ।

नगरपालिकाले गतवर्ष पनि यस्तै कार्यक्रम सञ्चालन गरेको थियो । त्यतिखेर चार हजार बढी स्थानीयले आफ्नो स्वास्थ्य चेकजाँच गराएका थिए । 

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ७ : २२ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण