राप्रपाबाट आज पनि संसद बैठक बहिष्कार, सभामुखले जबरजस्ती गरेको आरोप « Khabarhub

राप्रपाबाट आज पनि संसद बैठक बहिष्कार, सभामुखले जबरजस्ती गरेको आरोप


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बहिष्कारबीच प्रतिनिधिसभा बैठक अगाडि बढाएका छन् । संसद् अगाडि बढेपछि राप्रपाका सांसदहरू बैठक बहिष्कार गरेर बाहिरिएका छन् ।

त्यसअघि सभामुख घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जबरजस्ती संसद्लाई अगाडि बढाउने काम भइराखे आफूहरूले बहिष्कार गर्ने बताएका थिए ।

‘विरोध जारी राखेको बेला जबरजस्ती संसद् अगाडि बढाउनु संसदीय मर्यादाका दृष्टिकोणले पनि उचित हुँदैन,’ लिङदेनले भने, ‘समस्या समाधान नभइ संसद अवरुद्ध भइरहेको अवस्थामा जबरजस्ती बैठक अघि बढाउने काम नहोस् । जबरजस्ती संसद्लाई अगाडि बढाउने काम भइरहेको छ, यो कर्मकाण्डमा राप्रपा सहभागी हुँदैन ।’

लिङ्देनले बैठक बहिष्कार गरेका कारण आफ्नो दलका सांसदले पाउने भत्ता राजश्वमा जम्मा हुने व्यवस्था गर्न पनि सभामुख घिमिरेसँग आग्रह गरे । ‘हामी बैठक बहिष्कार गर्छौँ,’ अध्यक्ष लिङ्देनले भने, ‘बहिष्कार गर्दा राप्रपाका सांसदको भत्ता राजश्वमा जम्मा हुने व्यवस्था होस् ।’

यसैबीच भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठन गर्नुपर्ने र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै आएको अर्को प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले वेल घेराउ गरेर नाराबाजी गरिरहेका छन् ।

सभामुख घिमिरेले भने सत्ता पक्षका सांसदहरूलाई बजेटमाथिको छलफल भाग लिन समय दिइरहेका छन् ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  १ : २३ बजे

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली