मोहन वैद्यको स्वास्थ्यमा उल्लेख्य सुधार | Khabarhub Khabarhub

मोहन वैद्यको स्वास्थ्यमा उल्लेख्य सुधार


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । हाल उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन्। 

छातीको सङ्क्रमण देखिएपछि वैद्यलाई झण्डै एक महिनाअघि अस्पताल भर्ना गरिएको थियो । महासचिव वैद्यकी छोरी चेतना शर्माका अनुसार उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । 

शर्माले भने, ‘बसुन्धरास्थित विपी स्मृति अस्पताल र टिचिङमा गरी झण्डै एक महिना उपचारपछि उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।’ 

वैद्यलाई झण्डै १५ दिन सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार गराइएको थियो । हाल उनलाई वार्डमा सारिएको छ । 
 

प्रकाशित मिति : २ असार २०८२, सोमबार  १ : ५१ बजे

जीवित देवीबाट टीका लगाइँदै

भक्तपुर– यहाँको  तलेजु मन्दिरमा जीवित देवीका रूपमा पुजित एकान्त कुमारीबाट

दशैँका दिन प्रधानमन्त्री कार्की मृतकका परिवारलाई भेट्दै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूका परिवारसँग भेट गर्ने

डाँडाखेत–राहुघाट प्रसारण आयोजना अन्तिम चरणमा

म्याग्दी– डाँडाखेत–राहुघाट प्रसारण आयोजना अन्तिम चरणमा पुगेको छ । म्याग्दी

चाडपर्वले राष्ट्रिय एकताको भावना बलियो बनाउँछ : माधव नेपाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले

सौराहामा विदेशी पर्यटकहरूले मनाए दशैं                                                  

चितवन– मुलुकको तेश्रो पर्यटकीय गन्तव्य सौराहा घुम्न आएका पर्यटकहरूले नेपाली