साउथ फिल्म खेल्न लागेका हुन् ऋतिक रोशन ? « Khabarhub

साउथ फिल्म खेल्न लागेका हुन् ऋतिक रोशन ?


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड कलाकारहरु अहिले धमाधम दक्षिण भारतीय फिल्म साइन गरिरहेका छन् । केहीले काम गरिसेके ।

नायिका दीपिका पादुकोण र अमिताभ बच्चनले गत वर्ष प्रदर्शनमा आएको दक्षिण भारतीय फिल्म ‘कल्की’मा स्क्रिन नै सेयर गरेका थिए ।

आमिर खान र रणवीर कपुर जस्ता स्टार कलाकारहरुले पनि दक्षिण भारतीय फिल्ममा अभिनय गर्ने निश्चित भएको सामाचार बाहिरिएका छन् ।

अब ऋतिक रोशनले पनि दक्षिण भारतीय फिल्ममा अभिनय गर्ने पक्का भएको खबर बाहिरिएको छ । उनले साउथको ठूलो प्रोडक्सन कम्पनी ’होम्बाले फिल्मस्’को फिल्ममा काम गर्ने भएका हुन् ।

‘होम्वाले फिल्मस्’ ठूलो बजेटमा बनेका ‘केजीएफ’, ‘कान्तारा’, ‘सलार’ जस्ता ब्लकबस्टर फिल्म निर्माण गर्ने कम्पनी हो ।

‘होम्वाले फिल्मस्’ले सामाजिक सञ्जालमा ऋतिकलाई ट्याग गर्दै एक पोस्ट सार्वजनिक गरी उनीसँग सहकार्यको संकेत गरेको हो ।

उक्त पोस्टमा लेखिएको छ, ‘धैर्य, भव्यता र महिमाको कथा खुल्न लागेको छ… बिग ब्याङ सुरु हुन्छ।’

ऋतिकले पनि उक्त पोस्ट सेयर गर्दै लेखेका छन्, ‘यसको प्रतीक्ष गर्दैछु ।’

तर, ऋतिकले कुन फिल्म गर्न लागेका हुन् खुलाइएको छैन । धेरैले उनले ‘केजीएफ ३’मा खननायकको भूमिकामा देखिन लागेको अड्कल गरेका छन् ।

ऋतिकाका फ्यानहरु भने उनलाई साउथ फिल्ममा देख्न पाउने भएकाले अहिले नै उत्साहित भएका छन् । उनीहरुले सामाजिक सञ्जालमा ‘ह्यासट्याग’ क्यापेन नै चलाएका छन् ।

हाल भने ऋतिकको फिल्म ‘वार २’ प्रदर्शनको तयारीमा छ । यसको प्रदर्शन मिति अगस्ट १४ लाई तोकिएको छ ।

उनी एकदमै स्क्रिप्ट छानेर फिल्म गर्ने नायकमा गनिन्छन् । उनले मुस्किलले वर्षमा एक फिल्म गर्छन् ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ३ : ०८ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५