‘रियाल रिङ्गेट’को टिजरमा खाडीको पीडा « Khabarhub

‘रियाल रिङ्गेट’को टिजरमा खाडीको पीडा


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साउन १६ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘रियल रिङ्गेट’को टिजर सार्वजनिक भएको छ । वैदेशिक यात्रामा निस्किएका युवा र उनीहरुको परिवारलाई केन्द्रमा राखेर निर्माण गरिएको टिजर आइतबार सार्वजनिक गरिएको हो ।

विदेशमा नेपाली युवाहरूको सङ्घर्ष, पारिवारिक बिछोड र प्रवासमा भोग्नुपर्ने दुःखलाई समेटेर फिल्म बनेको टिजरले स्पष्ट पारेको छ ।

नेपाली युवाहरु प्रवासमा गलत मनसायका व्यक्तिहरूको फन्दामा परेका मार्मिक दृश्यहरू पनि टिजरमा देखाइएको छ ।

विभोर पोखरेलको निर्देशनमा बनेको यस फिल्ममा निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरूको अभिनय रहेको छ । यसको लेखक प्रदीप भारद्धाज हुन् ।

यस फिल्मको नामले खाडी मुलुकमा पुगेका युवाहरुको कथा भन्ने निर्माण पक्षले बताएको छ । फिल्मको नाम कतार(साउदी अरेबियाको मुद्रा ‘रियाल’ र मलेसियाको मुद्रा ‘रिङ्गेट’ को मिश्रणबाट बनेको छ ।

फिल्मको छायाङ्कन भने भारतको राजस्थान र नेपालको काठमाडौँ, लेटाङलगायतका स्थानमा गरिएको बताइएको छ ।

रुबेल फिल्मस्को ब्यानरमा बनेको यस फिल्मका निर्माता गगनलाल प्रधान हुन् ।

टिजरको लिंक :

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ६ : १२ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६