निराशा होइन, आशाको सञ्चार जरुरी छ : मन्त्री पाण्डे « Khabarhub

निराशा होइन, आशाको सञ्चार जरुरी छ : मन्त्री पाण्डे


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निराशाभन्दा आशाको सञ्चार आवश्यक रहेको बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान र धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपाल (रेक्जोन)को संयुक्त आयोजनामा सोमबार काठमाडौंमा आयोजित ‘विकासका लागि संस्कृति’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले गहिरो अध्ययन र आत्मसमीक्षा नगर्दा समाजले स्पष्ट दिशा पाउन नसकेको उल्लेख गरे।  

उनका अनुसार निराशा फैलिँदा किशोरहरूको मनोविज्ञानमा नकारात्मक प्रभाव पर्ने र त्यसले पलायनको वातावरण सिर्जना गर्ने खतरा बढेको छ। त्यसैले, उनले भने, ‘निराशा होइन, आशा सञ्चारको वातावरण बनाउनु आवश्यक छ।’

समस्याको समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच आपसी समन्वय अपरिहार्य रहेको मन्त्री पाण्डेले जोड दिए।  

उनले सतही विश्लेषणका कारण समाजमा निराशा बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै भने, ‘संस्कृति भनेको केवल अभौतिक होइन, विकास भनेको भौतिक र अभौतिक दुबै आयामलाई समेट्ने प्रक्रिया हो। त्यसैले विकास सबैका लागि कल्याणकारी हुनुपर्छ।’

फरक प्रसङ्गमा मन्त्री पाण्डेले द्वन्द्व व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय समुदायले सहयोग गरे तापनि त्यसको अन्तिम रूपान्तरण नेपालीहरूले नै गरेको उल्लेख गर्दै देशमा आशाको माहोल निर्माण गर्नु अहिलेको आवश्यकता भएको धारणा व्यक्त गरे ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ३ : ५६ बजे

नीति तथा कार्यक्रममा विज्ञान प्रविधि नसमेटिएको भन्दै सरकारमाथि महावीर पुनको रिस

काठमाडौँ । प्रतिनिधिसभाका एक्ला स्वतन्त्र सांसद महावीर पुनले सरकारको नीति

संवैधानिक इजलासमा न्यायाधीशहरूको कित्ताकाट

काठमाडौँ । निजामती कर्मचारी ट्रेड युनियन बन्द गर्ने सरकारको निर्णयमाथि

राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बाहिरिएको घटनामा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको

विद्यार्थीलाई बधाई दिँदै शिक्षामन्त्रीले व्यक्त गरे एक महिनामै नतिजा सफल बनाउने शिक्षकप्रति आभार

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले एसईई परीक्षामा सफल सबै विद्यार्थीलाई

एसईई नतिजा : कुन प्रदेशका कति विद्यार्थी ननग्रेड ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मधेश प्रदेशका ३१ हजार