चैते धानको उचित मूल्य नपाएपछि किसान र मन्त्रीबीच छलफल « Khabarhub

चैते धानको उचित मूल्य नपाएपछि किसान र मन्त्रीबीच छलफल


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– किसानले चैते धानको उचित मूल्य नपाएको गुनासो पछि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीबीच छलफल भएको छ ।
 
वाणिज्य मन्त्रालयमा सोमबार दुई मन्त्रीबीच चैते धानको हालको अवस्था, किसानले उचित मूल्य नपाउनुका कारण, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चैते धान खरिद गर्न सक्ने अवस्थाबारे छलफल भएको हो । 

यस्तै भारतबाट हाल चामल आयातको अवस्था, खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा धान, चामलको मौज्दात अवस्था, र भण्डारण क्षमतालगायतका विषयमा पनि छलफल भएको कृषिमन्त्री अधिकारीको सचिवालयले जनाएको छ । 

सचिवालयकाअनुसार दुई मन्त्रालयबीच हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग प्रयाप्त भण्डारण क्षमता नभएकाले यसका लागि पहल गर्ने, चामल, चिउरा र भुजिया निर्यातका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने, खाद्यमार्फत् धान खरिद गर्नका लागि अर्थ मन्त्रालयसँग बजेटलगायतका विषयमा पहल गर्ने निर्णय भएको छ ।

बैठकमा कृषिमन्त्री अधिकारीले किसानले चैते धानको उचित मूल्य पाउनका लागि सम्बन्धित निकायको पहल आवश्यक रहेकोमा जोड दिएका थिए । उद्योगमन्त्री भण्डारीले कृषि, उद्योग, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसमेत बसेर समस्याको समाधान र आगामी रणनीति तय गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ५ : ४७ बजे

प्रतिनिधिसभाबाट नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक,

२०८४ सालको पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा