संसदमा अर्थमन्त्रीको जवाफ- बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्नुस् | Khabarhub Khabarhub

संसदमा अर्थमन्त्रीको जवाफ- बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्नुस्


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्न आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले बजेटको घोषण मात्रैले नपुग्ने र त्यसको प्राण कार्यान्वयनमा रहने कुरामा सरकार स्पष्ट रहेको बताए । बजेटको कार्यान्वयनमा सम्बद्ध मन्त्रालय र आयोजना प्रमुखहरूलाई जबाफदेही बनाइने उनले बताए ।

पौडेलले बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न योजना तयार गरेर अघि बढ्ने जानकारी दिए । उनले बजेट निर्माणमा स्रोतको प्रस्ताव कार्यान्वयनयोग्य हुनुपर्नेमा आफू होसियार भएको धारणा राखे । 

त्यस्तै उनले आगामी आर्थिक वर्षको बजेटमा तीन करोड रुपैयाँभन्दा कम लागतका नयाँ आयोजना नराख्ने सरकारको नीति रहेको उल्लेख गरे । यद्यपि सम्पन्न हुने अवस्थामा पुगेका आयोजनाहरूमा भने तीन करोडभन्दा कम रकम विनियोजन गर्नु परेको उनको भनाइ छ ।

मन्त्री पौडेलले निजी क्षेत्रलाई विद्युत् उत्पादन र व्यापार गर्न खुला गर्ने गरी विद्युत् विधेयक सदनमा विचाराधीन रहेको भन्दै उक्त विधेयक पारित भएपछि विद्युत प्राधिकरणले मात्रै विद्युत् बिक्री गर्नुपर्ने अवस्थाको अन्त्य हुने उल्लेख गरे । अब निजी क्षेत्रले समेत विद्युत् व्यापार गर्न पाउने भएकाले टेक एन्ड पे को चिन्ता नगर्न उनले आग्रह गरे ।  

अर्थमन्त्री पौडेलले ऋणको सन्दर्भमा वित्त आयोगले निर्धारण गरेको ५ दशमलव ५ प्रतिशतको सीमा भन्दा कम ५ प्रतिशत ३ प्रतिशत मात्रै आन्तरिक ऋण उठाउने प्रस्ताव गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ६ : ०३ बजे

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका