कृषकलाई अनुदानमा कृषि उपकरण वितरण « Khabarhub

कृषकलाई अनुदानमा कृषि उपकरण वितरण


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

धरान– यहाँको बराहक्षेत्र नगरपालिकाले कृषकलाई कृषि औजार तथा उपकरण वितरण गरेको छ । 

नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रम र कोशी प्रदेश सरकारअन्तर्गतको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको वित्तीय हस्तान्तरण कार्यक्रममार्फत पावर टिलर, मिनिटिलर र मकै रोप्ने मेसिन वितरण गरिएको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले जानकारी दिए । 

उनका अनुसार २३ थान पावर टिलर, २० थान मिनि टिलर र २५ थान मकै रोप्ने मेसिन वितरण गरिएको छ । यस्ता उपकरणले कृषकलाई आधुनिक कृषि प्रणाली अपनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । कृषकलाई ५० प्रतिशत अनुदानमा उपकरण वितरण गरिएको हो । 

उनले भने, ‘कृषकहरुले परिश्रम गरिरहेका छन् तर उपकरण अभावले अपेक्षित लाभ लिन सकेका छैनन्, नगरपालिकाले वितरण गरेको यी उपकरणले श्रम गर्न सजिलो बनाउनुका साथै उत्पादन वृद्धि हुने विश्वास लिएका छौँ ।’

नगरपालिकाले वर्षेनी कृषकलाई शतप्रतिशत अनुदानमा मल, बीउ, तथा अन्य कृषि उपकरण वितरण गर्दै आएको छ ।
 

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ६ : १० बजे

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली