इजरायलले मध्यपूर्वको सुरक्षामा खतरा निम्त्यायो : राष्ट्रपति एर्दोगान   « Khabarhub

इजरायलले मध्यपूर्वको सुरक्षामा खतरा निम्त्यायो : राष्ट्रपति एर्दोगान  


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगान इजरायलले मध्यपूर्वको सुरक्षामा खतरा निम्त्याएको बताएका छन् । एर्दोगानले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग सोमबार भएको टेलिफोन वार्तामा उक्त कुरा बताएका छन् । 

एर्दोगानले नेता पुटिनसँगको वार्तामा भने, ‘इरानमाथि इजरायलको आक्रमणबाट सुरु भएको हिंसाको चक्रले सम्पूर्ण क्षेत्रको सुरक्षालाई जोखिममा पारेको छ ।’
 
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकारको ‘अराजक रवैया’ ले ’अन्तर्राष्ट्रिय प्रणालीका लागि स्पष्ट खतरा उत्पन्न गरेको’ र मध्यपूर्वले ’नयाँ युद्ध सहन नसक्ने’ पुटिनसँग बताएको राष्ट्रपति एर्दोगानको कार्यालयले जनाएको छ ।

क्रेमलिनका अनुसार पुटिन र एर्दोगानबीच भएको वार्तालाई इजरायल र इरानबीचको युद्ध तत्काल अन्त्यका लागि आह्वान गर्न प्रयोग गरिएको थियो ।

क्रेमलिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेताहरूले शत्रुताको तत्काल अन्त्य गर्न र इरानको आणविक कार्यक्रमलगायत विवादास्पद मुद्दाहरूको समाधान राजनीतिक र कूटनीतिक माध्यमबाट गर्न आह्वान गरेका छन् ।’  

गत शुक्रबार इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि भड्किएको इरान र इजरायलबीचको द्वन्द्वसँगै टर्कीएले आफ्नो कूटनीतिलाई तीव्र बनाएको छ ।
 

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ७ : १६ बजे

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा