टी–२० आईमा किरण र रुपेशको डेब्यु | Khabarhub Khabarhub

टी–२० आईमा किरण र रुपेशको डेब्यु


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

स्कटल्यान्ड – स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज नेदरल्यान्डविरुद्धको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई खेलाडीले डेब्यु गरेका छन्। किरण ठगुन्ना र रुपेश सिंहले पहिलो पटक नेपालको तर्फबाट टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका हुन्।

किरण ठगुन्ना नेपालबाट टी–२० आई क्रिकेट खेल्ने ५० औँ खेलाडी बनेका छन् भने रुपेश सिंह ५१ औँ खेलाडी बनेका छन्। दुबै खेलाडीलाई राष्ट्रिय टोलीका भरपर्दा अलराउण्डर करण केसीले डेब्यु क्याप प्रदान गरेका थिए।

खेल स्कटल्यान्डको ग्लासगोस्थित टिटवुड क्रिकेट मैदानमा भइरहेको छ। नेपाली टोलीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो। टस हारेर नेदरल्यान्डले पहिले ब्याटिङ गर्दै इनिङको सुरुआत गरिसकेको छ।

यस प्रतियोगितामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड सहभागी छन्। त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल जितको लक्ष्यका साथ मैदानमा उत्रिएको हो। नेपाली क्रिकेटप्रेमीहरुका लागि आजको खेल नयाँ प्रतिभाहरुको प्रदर्शन हेर्न पाइने अवसर पनि बनेको छ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ८ : २२ बजे

कानूनसहित विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछन् ।

प्रतिनिधिसभा बैठक बस्दै, निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो

सातवटै प्रदेशमा वर्षाको सम्भावना, केही भूभागमा ठूलो पानी पर्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायलको टेलिभिजनमा आक्रमण गर्ने इरानको चेतावनी

तेहरान – इजरायल र इरानले सञ्चार माध्यममै आक्रमण सुरु गरेका

फिफा क्लब विश्वकप : ब्राजिलियन बोटाफेगोको जित

काठमाडौं – फिफा क्लब विश्वकपको सोमबार भएको खेलमा बोटाफेगोले सिटललाई