टी–२० आईमा किरण र रुपेशको डेब्यु « Khabarhub

टी–२० आईमा किरण र रुपेशको डेब्यु


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

स्कटल्यान्ड – स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज नेदरल्यान्डविरुद्धको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई खेलाडीले डेब्यु गरेका छन्। किरण ठगुन्ना र रुपेश सिंहले पहिलो पटक नेपालको तर्फबाट टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका हुन्।

किरण ठगुन्ना नेपालबाट टी–२० आई क्रिकेट खेल्ने ५० औँ खेलाडी बनेका छन् भने रुपेश सिंह ५१ औँ खेलाडी बनेका छन्। दुबै खेलाडीलाई राष्ट्रिय टोलीका भरपर्दा अलराउण्डर करण केसीले डेब्यु क्याप प्रदान गरेका थिए।

खेल स्कटल्यान्डको ग्लासगोस्थित टिटवुड क्रिकेट मैदानमा भइरहेको छ। नेपाली टोलीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो। टस हारेर नेदरल्यान्डले पहिले ब्याटिङ गर्दै इनिङको सुरुआत गरिसकेको छ।

यस प्रतियोगितामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड सहभागी छन्। त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल जितको लक्ष्यका साथ मैदानमा उत्रिएको हो। नेपाली क्रिकेटप्रेमीहरुका लागि आजको खेल नयाँ प्रतिभाहरुको प्रदर्शन हेर्न पाइने अवसर पनि बनेको छ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ८ : २२ बजे

किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ

बाँके– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले बाँकी निर्माणको

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार