मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ४१ पैसा र बिक्रीदर १३८ रुपियाँ ०१ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ ०९ पैसा र बिक्रीदर १५९ रुपियाँ ७९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ ६६ पैसा र बिक्रीदर १८७ रुपियाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपियाँ ४२ पैसा र बिक्रीदर १७० रुपियाँ १६ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ५८ पैसा र बिक्रीदर ८९ रुपियाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ २३ पैसा र बिक्रीदर १०१ रुपियाँ ६८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ३५ पैसा र बिक्रीदर १०७ रुपियाँ ८२ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५४ पैसा र बिक्रीदर नौ रुपियाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १४ पैसा र बिक्रीदर १९ रुपियाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ६१ पैसा र बिक्रीदर ३६ रुपियाँ ७७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ७० पैसा र बिक्रीदर ३७ रुपियाँ ८६ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २३ पैसा र बिक्रीदर चार रुपियाँ २५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ४२ पैसा र बिक्रीदर ३७ रुपियाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ४० पैसा र बिक्रीदर ३२ रुपियाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ११ पैसा र बिक्रीदर १० रुपियाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ५२ पैसा र बिक्रीदर १४ रुपियाँ ५८ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ३३ पैसा र बिक्रीदर २१ रुपियाँ ४३ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ५१ पैसा र बिक्रीदर १७ रुपियाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपियाँ २७ पैसा र बिक्रीदर ४५१ रुपियाँ २३ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपियाँ ३५ पैसा र बिक्रीदर ३६५ रुपियाँ ९४ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपियाँ ८६ पैसा र बिक्रीदर ३५८ रुपियाँ ४२ पैसा रहेको छ।

भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ५ : ३१ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड