सुदूरपश्चिममा संगठन सुदृढ-सक्रिय बनाउन जुट्यो एमाले, खटाइयो लीला र लालबहादुर  | Khabarhub Khabarhub

सुदूरपश्चिममा संगठन सुदृढ-सक्रिय बनाउन जुट्यो एमाले, खटाइयो लीला र लालबहादुर 


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा एमालेले सुदूरपश्चिमको सिंगो पार्टी संगठनलाई थप सुदृढ र सशक्त बनाउन आन्तरिक गृहकार्य थालेको छ । पार्टी संगठनका गतिविधि बारे सूक्ष्म निगरानीसहित आन्तरिक रणनीति बनाउने गरी पार्टी केन्द्रको निर्देशन अनुसार गृहकार्य थालेको हो । त्यो कामका लागि दुई जना नेतालाई प्रमुख जिम्मेवारी तोकिएको छ । 

संगठनका गतिविधिको अनुगमन र अध्ययन गर्ने गरी पार्टी पोलिटब्युरो सदस्य लीला भण्डारी र केन्द्रीय सदस्य लालबहादुर थापालाई प्रमुख जिम्मेवारी तोकिएको छ ।

भण्डारीलाई कैलाली र कञ्चनपुरको जिम्मा छ भने थापालाई सुदूरपश्चिमका सात वटै डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, डोटी र अछामको जिम्मेवारी तोकिएको छ । 

केन्द्रीय संगठन विभागको वैशाख १४ गते बसेको २२ औँ बैठकको निर्णय अनुसार नै उनीहरूलाई जिम्मेवारी सहित जिल्लामा पठाएको पार्टी सुदूरपश्चिम प्रदेश कमिटी सचिव रणबहादुर चन्द्रले जानकारी दिएका छन् । सचिव चन्द्र स्वयम पार्टी केन्द्रीय सदस्य लालबहादुर थापा नेतृत्वको टिममा जिल्ला दौडाहामा छन् । 

पार्टी पोलिटब्युरो सदस्य लीला भण्डारी

जिम्मेवारी पछि थापाले डडेलधुराबाट अध्ययन अनुगमनको काम सुरु गरिसकेका छन् । बैतडी सकाएर टोली दार्चुला पुगिसकेको छ । उनीहरूले पार्टी सचिवालय बैठक, संगठन विभागको बैठक, उपलब्धि जिल्ला पदाधिकारी, केन्द्रीय कमिटी सदस्य र अन्य नेता कार्यकर्तासँगको भेटघाटलाई प्राथमिकतामा राखेका छन् । 

संगठन विभागको निर्देशन अनुसार पार्टी कमिटीको संरचना, पार्टी बैठकको निरन्तरता, निर्णय लेखन, उपस्थिति, सदस्यता वितरण र नवीकरण, पार्टी नेता बीचको आपसी सहकार्य, सम्पर्क र सम्बन्ध बारे मसिनो छानबिनको जिम्मेवारी पाएका छन् ।

पार्टीको आन्तरिक जीवनलाई बलियो बनाउन संगठनका गतिविधिको धरातलीय अध्ययन र अनुगमन गरिने केन्द्रीय सदस्य लालबहादुर थापाले बताए । 

पार्टी सीमित व्यक्ति र शैलीबाट मात्रै चल्यो, भन्ने गुनासो छ । नियमित बैठकमै नआउनेहरू नै बढी असन्तुष्ट जस्तो पार्टीको विरुद्धमा देखिने अवस्था आयो, नयाँ पुस्ता र अनुसारलाई पार्टी कमिटीमा जोड्न के कसरी सकिन्छ, पार्टी नेताको भूमिका के रहनु पर्छ, सबै प्रकारको अध्ययनका लागि संगठन सुदृढ यात्रामा हिँडेको थापाले थपे । 

लीला भण्डारीले पनि कैलाली र कञ्चनपुरमा सूक्ष्म अध्ययन सुरु गरेकी छन् । एमाले सुदूरपश्चिममा आन्तरिक गुट मौलाएको, पार्टी कमिटी चेनअफ कमाण्ड नभएको र कार्यकर्तामा संगठनात्मक अराजकता बढेको, केन्द्रीय कमिटीकै नेताहरू कामकाजी नभएको आरोप लाग्न थालेको छ । 

भीम रावलको निष्कासन, पार्टी भित्रको आन्तरिक गुटबन्दी जस्ता समस्याले कार्यकर्ता स्तरमा निराशा बढेको देखिन्छ । त्यो निराशाको कारण, पार्टी संगठन सुधारको विकल्प बारे पनि सूक्ष्म अध्ययन टोलीले गर्ने भएको छ । 

प्रमुख कार्य जिम्मेवारी नै संगठन सुदृढको अबको विकल्प सहितको अध्ययन प्रतिवेदन तयार पारिने छ, अब कुरा बढी काम कम गर्ने, नेता वरिपरि घुम्ने, काठमाडौं बस्ने, फिल्डमा नआउने र अवसरसँग मात्रै जोडिने नेताहरूको समेत मुल्याकंनको आधार तयार पारिने प्रदेश सचिव रणबहादुर चन्दले बताए ।

२०७९ को चुनावमा एमाले सुदूरपश्चिम प्रदेश सभामा माओवादी पछि छ । १६ वटा संघिय निर्वाचनमा २ सिटमा चित्त बुझाएको अवस्था छ । पार्टी भित्रका राम्रा र सुधारका सबै पक्षहरूलाई अनुगमन र अध्ययनको विषय बनाएर केन्द्रबाटै नेताहरू खटाएको नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले बताए । २० वटा प्रश्नावली छन्, पार्टी राम्रो र सुदृढ बनाउने गरी संगठन विभागबाटै जिम्मेवारी सहित नेताहरू खटाइएको जैशीले थपे ।

पार्टीको संगठनात्मक कामलाई थप सुदृढ पार्न कार्यकारी भूमिकामा रहेका कमिटीहरूले विशेष योजना बनाई अनुगमनको कामलाई अघि बढाउन आवश्यक देखिएकोले टिम खटाइएको छ । लालबहादुर थापा संगठन विभाग सदस्य पनि हुन् । उनलाई पछिल्लो समय पार्टी केन्द्रले कामको जिम्मेवारीमा प्राथमिकता दिन थालेको देखिन्छ । पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र लालबहादुर थापा एउटै जिल्ला बासी हुन् । 

सुदूरपश्चिममा ५२ हजार बढी संगठीत सदस्य छन् । तीनको नवकिरणको अवस्था र नयाँ सदस्य थप्ने रणनीति बारे पनि जिल्ला तहमा छलफल गरिने छ । उसो त पार्टी संगठन विभागले समस्या देखिएका र सुधार गर्नै पर्ने विशेष जिल्ला र क्षेत्र छनोट गरी नेताहरू परिचालन गरिएको हो । 

पार्टी स्थायी कमिटी सदस्य भानुभक्त ढकाललाई जनसंगठनहरु र सम्पर्क समन्वय कमिटी अन्तर्गतका प्रदेश कमिटीको जिम्मेवारी दिइएको छ । भने, शेरधन राईलाई भोजपुर, तेह्रथुम, धनकुटा, पाँचथर, इलाम, ताप्लेजुङ, संखुवासभा, सुनसरी, मोरग र झापा,  विशाल भट्टराईलाई खोटाङ, उदयपुर, सोलुखोम्बु र ओखलढुंगामो जिम्मेवारी दिएको छ । 

सुमन प्याकुर्‍याललाई सिराहा, सप्तरी, महोत्तरी, धनुषा र सर्लाही, ज्वाला साहलाई रौतहट, बारा र पर्सा, आनन्द पोख्रेललाई काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, चितवन, गणेश पहाडीलाई सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र मकवानपुर, सुजिता शाक्यलाई उपत्यका विशेषका प्रदेश अन्तर्गतका जिल्लाहरूको जिम्मेवारी दिएको छ । 

सम्झना देवकोटालाई गोरखा, लमजुङ, तनहु, मनाङ र नवलपुर, गोविन्द नेपालीलाई बागलुङ मुस्ताङ, पर्वत, कास्की, स्याङ्जा र म्याग्दी, लीला गिरीलाई रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, नवलपरासी (पश्चिम) र गुल्मीको जिम्मेवारी दिएको छ । 

जीवन गौतमलाई दाङ बाँके, बर्दिया, प्युठान, रुकुम, रोल्पा, लक्ष्मी पोख्रेललाई कर्णाली प्रदेशका जिल्लाहरूको जिम्मेवारी तोकिएको छ । उनीहरु सबै जनाले २ महिना भित्र सबै कामको रिपोट केन्द्रीय कमिटी र संगठन विभागलाई बुझाइसक्नु पर्ने समय सीमा छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  २ : २८ बजे

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका